उपभोक्तालाई सरकारको जवाफ : 'महंगी स्वाभाविक'

बजेट भाषण लगत्तै व्यापारीले अलिअलि भाउ त बढाइहाल्छन् नि !

2018-06-14


काठमाडौं - अत्यावश्यक वस्तु महँगिएर उपभोक्ताको ढाड सेकिरहँदा सरकार भने यो स्वाभाविक भएको निष्कर्षमा पुगेको छ। अनुगमनका क्रममा महँगी खासै नदेखिएको भन्दै अलिअली हुनु स्वभाविक भएको निष्कर्ष सरकारी अधिकारीको निष्कर्ष छ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता ढुण्डीराज पोखरेलले बजार अनुगमनका क्रममा छिटपुट पसलबाहेक महँगी नभेटिएको बताए। उनले भने, ‘बजेट भाषण लगत्तै व्यापारीले भाउ त बढाइहाल्छन्। तर, हामीले गरेको बजार अनुगमनमा अस्वाभाविक मूल्यवृद्धि भेटिएन।’

सरकार अत्यावश्यक वस्तुमा बजार नियन्त्रण गर्न असफल भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए। उनले भने, ‘वस्तुको बिक्रीका क्रममा रसिदको प्रयोग नहुँदा महँगी पत्तालगाउन सकिएन। हामीले अनुगमन गरेका अधिकांश पसलमा रसिद उपलब्ध नहुँदा मूल्य सूचीलाई आधार मान्न बाध्य भयौं जसले गर्दा महँगीको वास्तविक पहिचान गर्न गाह्रो पक्कै भएको हो।’

सामान खरिदपछि उपभोक्ताले रसिद नलिने र बिक्रेताले पनि नदिने प्रवृत्तिले महँगीको पहिचान हुन नसकेको उनको भनाइ छ। रसिदको प्रयोगसम्बन्धी अनुगमनको जिम्मा पाएको आन्तरिक राजस्व विभाग भूमिका शून्य देखिएको छ। संयुक्त बजार अनुगमनमा आन्तरिक राजस्व विभागले सहभागिता नहुँदा अनुगमन प्रभावकारी हुन सकेन।

अगामी वर्षको बजेट व्यक्तव्यपछि उपभोग्य वस्तुको मूल्य बढेको व्यवसायीले बताएका छन्। नेपाल खुद्रा व्यापार संघले भने बजेट वक्तव्यपछि थोक बिक्रेताबाट प्रत्येक उपभोग्य वस्तुको मूल्यमा १० देखि एक सय ५० रुपैयाँसम्म मूल्य वृद्धि भएर आएको जनाएको छ।

‘बजेट भाषण लगत्तै व्यापारीले भाउ त बढाइहाल्छन् तर हामीले गरेको अनुगमनमा अस्वाभाविक मूल्यवृद्धि भेटिएन।’ ढुण्डीराज पोखरेलल प्रवक्ता, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग

संघका अध्यक्ष पवित्रा बज्राचार्यले केही स्टक सामानबाहेक अन्य उपभोग्य वस्तुमा मूल्य वृद्धि भएको बताए। उनले भने, ‘बजारमा केही स्टक सामानबाहेक सामानमा भाउ बढ्न थालेको छ। सरकारले केही वस्तुमा करको दायरा बढाएर महँगीलाई स्वागत गरेको हो।’

संघका अनुसार चामल, खानेतेल, दाल, गेडागुडी, चिनीलगायत उपभोग्य वस्तुको मूल्य अकासिएको छ। थोक बिक्रेताले सबै प्रकारका खानेतेलको प्रतिलिटरमा १५ देखि २० रुपैयाँ मूल्य वृद्धि गरेका छन्। बजेटअघिसम्म एक सय १५ रुपैयाँ मूल्य रहेको सोयाबिन (भटमास) को तेलको मूल्य अहिले एक सय ३० रुपैयाँ पु¥याइएको छ।

यस्तै एक सय २० रुपैयाँमा पाइने सनफ्लावरको तेलको मूल्य एक सय ३५ मा पुगेको छ। एक सय २० रुपैयाँको तोरीको तेलको मूल्य वृद्धि गरी एक सय ४० पु¥याइएको छ। यसैगरी प्रतिकिलो एक सय १५को वनस्पति घिउ अहिले एक सय ३५ रुपैयाँ कायम गरिएको छ।

‘रसिद प्रयोग नगर्नेलाई कारबाही’

सरकारले अत्यावश्यक वस्तु बिक्री गर्दा रसिद नबुझाउने बिक्रेतालाई कारबाही गर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको संयोजकत्वमा बुधबार मूल्यवृद्धि नियन्त्रणका विषयमा केन्द्रित रहेर बसेको बैठकले यस्तो निर्णय गरेको हो।

मन्त्री मातृका यादवले अत्यावश्यक वस्तुको बिक्री गर्दा ठगीको प्रमाण लुकाउन रसिदको प्रयोग नगर्ने खुद्रा तथा थोक सबै व्यवसायीलाई कारबाही गर्ने बताएका छन्। उनले भने, ‘ठगी गरेप नि वस्तु खरिदको बिल नहुँदा व्यापारी उम्किने गरेका छन्। अब बिल जारी नगर्ने कुनै पनि व्यापारीलाई छाडिँदैन।’

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि बजार भाउ आकासिएका कारण अत्यावश्यक वस्तुमा भइरहेको मूल्यवृद्धि नियन्त्रण गर्ने तयारी सरकारले गरेको हो। बैठकमा उद्योग सचिव, अर्थ मन्त्रालयका सहसचिव, जिल्ला प्रमुख अधिकारी, आपूर्ति सहसचिव, उपभोक्ताकर्मीको सहभागिता थियो।

व्यापारीबाट अनिवार्यरूपमा रसिद जारी गराउन कडाइ गर्ने अर्थ मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद पौडेलले प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पछिल्लो समयमा अर्थबाट अनुगमनमा असहयोग भएको भन्ने गुनासोलाई सम्बोधन गर्ने र संयुक्त बजार अनुगमनमा सहभागिता जनाउने बताएका छन्।

 


अन्नपुर्ण




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ