बजेटपछि आकासियो बजारभाउ : दैनिक उपभोग्य वस्तुमा कृत्रिम मूल्यवृद्धि

2018-06-12

काठमाडौँ - १५ जेठको बजेटपछि अधिकांश दैनिक उपभोग्य वस्तुको भाउ आकासिएको छ । उपभोक्ताहरू कृत्रिम मूल्यवृद्धिको मारले रन्थनिएका छन् । बजेटमा करको दरमा गरिएको हेरफेर र उद्योगीले पाउँदै आएको भ्याट फिर्ता खारेजीले बजार भाउ बढेको खुद्रा बिक्रेताहरूको भनाइ छ ।

तर, नियमन गर्ने सरकारी निकाय भने मूल्यवृद्धिबारे बेखबर छ । उल्टै बजार भाउ नबढेको दाबी गर्छ । ‘हामीले काठमाडौंका खुद्रा र थोक बिक्रेताहरूकोमा अनुगमन गरेका छौँ । उनीहरूसँग छलफल पनि गर्‍यौँ ।

मौज्दात सामग्रीमा कत्ति पनि मूल्यवृद्धि नगरेको मूल्यसूची नै उनीहरूले हामीलाई दिएका छन्,’ आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले भने ।

बजारमा कृत्रिम मूल्यवृद्धि गरियो
प्रेमलाल महर्जन
अध्यक्ष, राष्ट्रिय उपभोक्ता मञ्च
उत्पादक, थोक बिक्रेता र खुद्रा बिक्रेता तीनवटै पक्ष मिलेर बजारमा कृत्रिम मूल्यवृद्धि गरेका छन् । सरकारले मूल्यवृद्धि ३ प्रतिशतभन्दा बढी जान दिन्नँ भनेर गरिरहेको गृहकार्य उनीहरूले असफल पार्ने प्रयास गरिरहेका छन् । अनुगमनकारी निकायले पनि मूल्यलाई विशेष केन्द्रमा राखेर अनुगमन गरेको देखिँदैन । बजेटअघि र पछिको खाद्यवस्तुको मूल्य कस्तो छ भनेर सघन रूपमा अनुगमन गर्नुपर्ने खाँचो देखिएको छ ।

थोकबाटै बढेर आयो, हामी पनि महँगोमा बेच्दै छौँ
राजकुमार श्रेष्ठ
महासचिव, खुद्रा व्यापार संघ
१५ जेठको बजेटपछि अधिकांश खाद्यान्नको भाउ बढेको छ । बजेटमा करको दरमा गरिएको हेरफेर र उद्योगीले पाउँदै आएको भ्याट फिर्ता खारेजीले बजार भाउ बढाएको थोक बिक्रेताले हामीलाई बताउने गरेका छन् । बजेट घोषणा भएको भोलिपल्टदेखि खाद्यवस्तुको मूल्यमा असर परेको हो । हामीले महँगोमा किन्नुपरेपछि उपभोक्तालाई पनि बढेको भाउमा बिक्री गर्नुपर्छ ।

र पनि सरकार भन्छ : मूल्यवृद्धि देखिएन

-बजार अनुगमन गर्ने आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग कृत्रिम मूल्यवृद्धिबारे अनभिज्ञता जनाउँछ । पटकपटक गरिएको अनुगमनमा बजारभाउ नबढेको उसको दाबी छ ।

-‘हामीले चेम्बर अफ कमर्स, थोक बिक्रेताहरूलाई बोलाएर छलफल गर्‍यौँ, उनीहरूले मूल्य नबढाएको जानकारी हामीलाई गराएका छन्, मूल्यसूची नै दिएपछि नपत्याएर के गर्नु ?’ विभागका महानिर्देशक योगेन्द्र गौचनले भने ।

-खुद्रा पसलहरूमा अनुगमन गरिएको गौचनले बताए । त्यसक्रममा मूल्यवृद्धि भएको नपाइए पनि खरिद तथा बिक्री गर्दा बिल लिने-दिने नगरेको देखिएको गौचनले
बताए । ‘यत्तिले शंका गर्ने ठाउँ छ,’ उनले भने ।

 

नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ