जी–७ को साझा दस्तावेजमा अमेरिकाको असहमति, क्यानाडा माथि लगाए यस्तो आरोप

2018-06-10

काठमाडौ - क्यानडाले बेइमानी गरेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ठूला औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनको शिखर बैठकपछि जारी संयुक्त वक्तव्यमा आफूले अनुमोदन गरेका कुराबाट पछि हटेका छन्। उनले अरू देशहरूले अमेरिकामाथि ठूलो मात्रामा कर लगाइरहेको पनि बताए।

अमेरिकाले स्टील र एलुमिनियम आयातमा हालै लगाएको करलाई लिएर जारी तनावका बीच नीतिमा आधारित व्यापार प्रणालीु को वकालत गर्ने खालको संयुक्त वक्तव्यमा सहमति भएको थियो। त्यसपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकाले कर लगाएको बदलामा आफ्नो देशले पनि जुलाइ १ बाट कर लगाउने जनाए।

एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रिय सुरक्षा चासोका नाममा ट्रम्पले स्टील र एलुमिनियममा लगाएको कर सही भएको भन्नु अपमानजनकु भएको बताए। उनले भने,यो दुःखद हुनेछ तर निकै स्पष्ट र दृढ पनि हुनेछ कि बदलास्वरूप हामीले जुलाइ १ बाट कर लगाउन गइरहेका छौँ। क्यानडाका मानिसहरू विनम्र र व्यावहारिक छन् तर त्यसको अर्थ हामीलाई दुःख दिन चाहिँ पाइँदैन। युरोपेली संघले ट्रम्पको निर्णयका बावजुद संयुक्त वक्तव्यप्रति कटिबद्ध रहने जनाएको छ। ब्रिटेनको एउटा सरकारी स्रोतले भन्यो, जी सेभेनको संयुक्त वक्तव्यमा गरिएका प्रतिबद्धप्रति हामी कटिबद्ध छौँ।
उत्तर कोरियाली नेतासँग सिंगापुरमा हुने शिखर बैठकमा सहभागी हुन जाँदै गरेका ट्रम्पले आफ्ना प्रतिनिधिहरूलाई जी सेभेनको संयुक्त वक्तव्यलाई अनुमोदन नगर्न निर्देशन दिएको भन्दै ट्वीट गरेका छन्।

ट्रुडोले झूटो वक्तव्य दिएको आरोप लगाउँदै ट्रम्पले अमेरिकी किसान, कामदार तथा कम्पनीहरूमाथि क्यानडाले व्यापक कर लगाएको बताए।

ट्रम्पका ट्वीट अनुसार बैठकहरूका दौरान ट्रुडो भद्र र नरम देखिएका थिए तर पछि अमेरिकी करहरूलाई अपमानजक भनेर व्याख्या गरेका थिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ