अभागी नेदरल्यान्ड्स : 'तीन पटक फाइनलबाट आउट भएको यसपटक छनोटै हुन सकेन'

2018-06-06

एजेन्सी, जेठ २३ - विश्वकप फुटबलको २१औं संस्करणमा नेदरल्यान्ड्स छनोट हुन सकेन । यस अर्थमा विश्वभर रहेका असंख्य डच समर्थकका लागि पक्कै पनि रुस विश्वकप निराशाजनक हुनेछ । विश्वकप फुटबलको इतिहासमा नेदरल्यान्ड्ससँग अर्को नमीठो संयोग पनि जोडिएको छ । विश्वकपको इतिहासमा नेदरल्यान्ड्स यस्तो टोली हो, जसले तीन पटक फाइनलसम्म पुगेर पनि उपाधिबाट बञ्चित हुनु परेको छ ।

हालसम्म जर्मनी चार र अर्जेन्टिना तीन पटक विश्वकपको फाइनलमा पराजित भए पनि यी दुवै टोलीले उपाधिको स्वाद चाखिसकेका छन् । तर, नेदरल्यान्ड्सले भने तीन पटक फाइनलमा पुगेर पनि यो अवसर पाउन सकेन । नेदरल्यान्ड्स पहिलो पटक सन् १९७४ को विश्वकपको फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा तत्कालीन पश्चिम जर्मनीले नेदरल्यान्ड्सलाई २-१ गोलले हराएको थियो ।

त्यसलगत्तै भएको सन् १९७८ को विश्वकपमा पनि नेदरल्यान्ड्स फाइनलमा पुग्न सफल भएको थियो । तर, उक्त विश्वकपको फाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई थप समयको खेलमा ३-१ गोलले हराउँदै उपाधिबाट विमुख बनाएको थियो । त्यतिबेला निर्धारित समयको खेल भने १-१ गोलको बराबरीमा सकिएको थियो । विश्वकपको सदाबहार टोली नेदरल्यान्ड्स सन् २०१० मा पनि फाइनलमा पुगेको थियो । तर, यसपटक पनि फाइनलमा स्पेनले नेदरल्यान्ड्सलाई थप समयको खेलमा १-० गोलले निराश बनायो । निर्धारित समयको खेल भने गोलरहित बराबरीमा सकिएको थियो ।


अन्नपुर्ण




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ