2018-06-05 |
काठमाडौ - भारतीय विदेशमन्त्री सुष्मा स्वराज चढेको विमान शनिवार १४ मिनेटसम्म सम्पर्कविहीन हुँदा तनाव सिर्जना भएको विवरण सार्वजनिक भएका छन्।
दक्षिण अफ्रिकाको भ्रमणका लागि निस्केकी उनी सवार विमानसँग सम्पर्क स्थापित हुन नसक्दा मरिससको एअर ट्राफिक कन्ट्रोल (एटीसी)ले चेतावनी जारी गरेपछि तनाव सिर्जना भएको थियो।
अधिकारीहरूका अनुसार स्वराज सवार भारतीय वायुसेनाको विमान र मरिससको एटीसीबीच १४ मिनेटसम्म सम्पर्क स्थापित हुन सकेन। एयरपोर्ट्स अथोरिटी अफ इन्डियाका महाप्रबन्धक जेबी सिंहले भने, ‘मरिससले एकतर्फी रूपमा चेतावनी जारी गरेको थियो। उनका अनुसार सामान्यतया उडेको विमानसँग आधा घण्टासम्म सम्पर्क स्थापित हुन नसकेपछि त्यस्तो चेतावनी जारी गरिन्छ।
सिंहले थपे, त्यो वायुसेनाको विमान थियो र हाम्रो हवाई क्षेत्रमा थिएन। मालेले मरिससलाई उक्त विमानसँग सम्पर्क स्थापित गर्न भन्यो। तर मरिससको एटीसीले १४ मिनेटसम्म सम्पर्क स्थापित गर्न सकेन।
एयरपोर्ट्स अथोरिटी अफ इन्डियाद्वारा आइतवार जारी एउटा विज्ञप्तिमा भनिएको छ, विमानमा अतिविशिष्ट व्यक्ति सवार भएकाले मरिससले चेतावनी जारी गरेको हुनुपर्छ। इन्धन भर्नका लागि उक्त विमान तिरुवन्तपुरम र मरिससमा अवतरण गर्ने तय भएको थियो। उक्त विमान शनिवार दिउँसो २ बजेर ८ मिनेटमा तिरुवन्तपुरमबाट उडेको थियो। भारतीय हवाई क्षेत्र कटेपछि दिउँसो ४ बजेर ४४ मिनेटमा मालेको एटीसीसँग सम्पर्क स्थापित भयो। मरिससको एटीसी र विमानबीच ४ बजेर ५८ मिनेटमा मात्रै सम्पर्क स्थापित हुन सक्यो। विमानसँग सम्पर्क स्थापित भएपछि बल्ल भारतीय उड्डयन अधिकारीहरूले राहत महसुस गरे। ब्रिक्स भनिने राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन स्वराज दक्षिण अफ्रिका जान लागेकी थिइन्।
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...