सुजाताको आक्रोश : बजेटमा गिरिजाबाबुको नाम किन छैन ?

2018-06-03

काठमाडौं - नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले बजेटमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाम नभएकोमा आपत्ति जनाएकी छिन् । संसदमा बजेट माथिको अन्तिम छलफलको क्रममा उनले इतिहास बोकेको नेताहरुको सम्बोधन नभएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।

मदन भण्डारी र पुष्पलालको नाम राख्नु जायज भएको उल्लेख गर्दै उनले गिरिजाप्रसाद कोइरालाको नाम नराखिएकोमा प्रश्न गरिन् । ‘गिरिजाबाबुको नाम समेत छैन । कँही अत्तोपत्तो पनि छैन । किन यस्तो भएको हो । मैले बुझ्न सकिनँ’, कोइरालाले भनिन,‘यसले सहमति गरेर जाने, सहकार्य गरेर जाने तपाईँहरूको उद्देश्य छैन भन्ने स्पष्ट पार्छ ।’

उनले गिरिजाप्रसाद कोइरालाको नाममा तनहुँमा बन्ने अस्पताललाई बजेट समेट्न माग गरिन् । ‘मदन भण्डारीको नाममा त्यत्रो बजेट छ । पुष्पलाललाई हामी पनि मान्छौँ । उहाँको नाममा प्रतिष्ठान बनाएकोमा वेलकम छ’, सुजाताले भनिन, ‘तर सात सालको क्रान्तिदेखि परिवर्तनमा ठूलो भूमीका, इतिहास बोकेको नेताको सम्बोधन गरिएको छैन । कँही उल्लेख गरेको छैन ।’

उनले गिरिजाप्रसाद कोइरालाको नाममा अस्पताल बनाउन भारतले प्रतिबद्धता जनाइसकेकाले बजेटमा समेट्न माग गरिन् । ‘शेरबहादुर देउवा सरकारले भारतबाट अगाडि बढाउने भन्नुभएको थियो । भारतले प्रतिबद्धता जनाएको थियो’, कोइरालाले भनिन, ‘यो अस्पताल बजेटमा कँही उल्लेख छैन । अर्थमन्त्रीले यो अस्पताललाई ध्यान दिनुपर्छ ।’




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ