फेरी बढ्यो इन्धनको भाउ, पेट्रोल प्रतिलिटर ११३ रुपैयाँ

2018-06-03

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। आयल निगमको सञ्चालक समिति बैठकले शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा ३-३ रुपैयाँ मूल्य बढाएको हो। त्यसैगरी हवाई इन्धनमा आन्तरिकतर्फ पाँच रुपैयाँ बढेको आयल निगमका प्रवक्ता वीरेन्द्र गोहितले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए।

मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ। डिजेल र मट्टीतेलको मूल्य भने ९५ रुपैयाँ पर्छ। भारतीय आयल कर्पोरेशनले शुक्रबार नयाँ मूल्यसूची पठाएपछि निगमले मूल्य समायोजन गरेको प्रवक्ता गोइतको भनाइ छ। खाना पकाउने ग्यासको भने मूल्य बढेको छैन।

शनिबार भएको मूल्यवृद्धिपछि समेत निगमलाई अझै १५ दिनको घाटा १८ करोड ६२ लाख रहेको गोइतले जानकारी दिए। निगमले यो घाटा पूर्ति गर्न आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पाँच रुपैयाँ बढाउँदा अन्तराष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिहजार लिटर ७५ डलर बढाएको गोइतले जानकारी दिए।

आयल निगमले अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि हुँदा नेपालमा समायोजन गर्दै आएको छ।

नयाँ मूल्यअनुसार झापा, विराटनगर, महेन्द्रनगर (धनुषा), वीरगञ्ज, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र धनगढीमा पेट्रोलको मूल्य प्रति लिटर एक सय ११ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेलको मूल्य ९३ रुपैयाँ ५० पैसा कायम गरिएको छ। पोखरा र दाङमा भने पेट्रोलको प्रति लिटर एक सय १२ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको मूल्य ९४ रुपैयाँ ५० पैसा कायम भएको छ।

निगमले मूल्य समायोजन गरेपनि १५ दिनमा १८ करोड ६२ लाख रुपैयाँ घाटा सहनुपर्छ । मूल्य समायोजन नगर्दा १५ दिनमा ५५ करोड १७ लाख घाटा थियो। मूल्य समायोजन गर्दा पनि पेट्रोलमा निगमलाई प्रति लिटर एक रुपैयाँ ५९ पैसा घाटा छ। यस्तै डिजेलमा तीन रुपैया ४९ पैसा र खाना पकाउने ग्यासमा प्रति सिलिण्डर एक सय ३९ रुपैयाँ ३९ पैसा घाटा छ।

भारतको रक्सौलभन्दा नेपालमा पेट्रोलतर्फ प्रतिलिटर २२ रुपैयाँ ७२ पैसा र डिजेलतर्फ २४ रुपैयाँ ९५ पैसा सस्तो भएकाले पछिल्लो समयमा भारततर्फ नेपालबाट इन्धनको तस्करी ठूलो परिमाणमा बढेको छ।

 

अन्नपुर्ण




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ