आइसीसीको वान डे वरीयतामा नेपाल समावेश

2018-06-01

काठमाडौ - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाललाई वान डे को वरियतामा समावेश गर्ने निर्णय गरेको छ । आइसीसीको शुक्रबारको बैठकले नेपालसँगै स्कटल्यान्ड, नेदरल्यान्ड्स र यूएईलाई पनि वान डे वरीयतामा समावेश गर्ने निर्णय गरेको हो । भर्खरै मात्र वान डे मान्यता पाएको नेपालले मान्यता पाएपछि अहिलेसम्म औपचारिक रूपमा वान डे खेलेको छैन । त्यसैले अहिले नेपालको अंक पनि शून्य छ। नेपालले वान डे खेलेपछि नेपालको नाम वरीयतामा अंकसहित चढ्ने छ।

आईसीसीले प्रेस विज्ञप्ती जारी गर्दै यो वरीयता जुन १ बाट लागू हुने पनि जनाएको छ। यसअघि वरीयताका रहेका १२ टिमसँगै अब यसमा १५ टिम हुनेछन्। अहिले तत्काल वरीयतामा नेपाल अन्तिम स्थानमा छ। वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड छ। त्यसपछि भारत, दक्षिण अफ्रिका, न्युजिल्यान्ड र अस्ट्रेलिया छन्। यस्तै त्यस पछाडि पाकिस्तान, बंगलादेश, श्रीलंका, वेस्ट इन्डिज, अफगानिस्तान, जिम्बावे, आइसल्यान्ड, स्कटल्यान्ड र यूएई छन्। आईसीसीका अनुसार अब नेपाल, स्कटल्यान्ड, नेदरल्यान्ड्स र यूएईले एक आपसमा वान डे खेल्नेछन्। नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग क्वालिफायरमा एसोसियट देशमध्ये शीर्ष तीनमा रहेर वान डे मान्यता पाउन सफल भएको हो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ