प्रदेश-२ मा राजपालाई आउट गर्दै नेकपा र फोरमबीच सरकार गठनको तयारी, मुख्यमन्त्रीबाट राउतलाई हटाइने !

2018-05-28

काठमाडौं - उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हुन्छ भन्ने चासोको बिषय बनेको छ ।

यादव नेतृत्वको फोरम दुई मन्त्रालयसहित केन्द्रीय सरकारमा जान आज प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच २ बुँदे सहमति भएको छ ।

ओली, प्रचण्ड र यादबबीच आज करिब दुई घण्टा वार्ता भएपछि सहमती भएको हो । सहमति अनुसार फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्धाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित बिषयहरु देश जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिनेछ । सरकारद्वारा गर्न सकिने कामहरु सरकारको नीति र कार्यक्रममा समावेश गरिनेछ ।

यसैगरी सहमतीको अर्को बुंदामा भनिएको छ, उपरोक्त सहमतिका आधारमा संघीय समाजवादी फोरम,नेपाल सरकारमा सामेल हुनेछ ।

ओली, प्रचण्ड र यादबबीच भएको सहमतिमा फोरमलाई दुई मन्त्रालय सहमति भएको छ । बालुवाटार स्रोतबाट प्राप्त जानकारीअनुसार शहरी विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय फोरमलार्इ दिने सहमति भएको छ । जसमा शहरी विकास मन्त्रालयको नेतृत्व उपेन्द्रले गर्दैछन् भने स्वास्थ्य मन्त्रालयमा को आउने भन्ने फोरममा सहमति हुन सकेको छैन् ।

२ नम्बर प्रदेशमा के हुन्छ ?
फोरमले केन्द्रीय सरकारमा जाने सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकार के हुन्छ भन्ने चासोको बिषय बनेको छ । हिजो मात्रै प्रदेश २ को सरकारलाई नेकपाले दिएको समर्थन फिर्ता गरेको छ । नेकपा र फोरमबीच अहिले २ नम्बर प्रदेशमा कसरी सरकार सञ्चालन गर्ने भन्नेबारे गृहकार्य चलिरहेको छ । नेकपा र फोरम मिलेर सरकार बनाउने र राष्ट्रिय जनता पार्टीलाई ‘आउट’ गर्नेसम्मको तयारी छ ।

२ नम्बर प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री लालबाबु राउत फोरम नेतासमेत हुन् । नेकपाका एक नेताले दिएको जानकारीअनुसार राउतलाई मुख्यमन्त्रीबाट फोरमले फिर्ता बोलाउन पनि सक्छ । नाम नखुलाउने सर्तमा फोरमका एक नेताले भने ‘मुख्यमन्त्री राउतसँग प्रधानमन्त्री ओली जी लाई काम गर्न असजिलो भएको छ, त्यसैले फोरमले राउतलाई फिर्ता पनि बोलाउन सक्छ । तर के गर्ने भन्नेबारे एकिन भइसकेो छैन् । फोरमभित्र भने बहसको बिषय बनिरहेको छ । प्रधानमन्त्री ओली र राउतबीच यसअघि नै विवाद छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण आएदेखि नै विवाद भएको हो । त्यहि विवादकाबीच अमेरिका जान ठिक्क परेका राउतलाई केन्द्रीय मन्त्रीपरिषद्बाट स्वीकृत पनि दिइएको थिइएन ।

फोरम केन्द्रीय सरकारमा गएपछि राजपालाई पनि नैतिक संकट परेको छ ।


खबरडबली




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ