फाइनलमा चेन्नई सुपर किंग्स भर्सेस सनराइजर्स हैदराबाद, कसले मार्ला बाजी ?

2018-05-27

काठमाडौँ - गत मंगलबार आईपीएलको पहिलो क्लालिफायरमा ‘चेन्नई सुपर किंग्स’का कप्तान महेन्द्र सिंह धोनी ‘सनराइजर्स हैदराबाद’का ‘राइट आर्म लेग स्पिनर’ राशिद खानको घुम्दै गरेको ‘गुगली’मा जब बोल्ड भए त्यतिखेर पुरै स्टेडियममा सन्नाटा छायो । खेल हेर्न पुगेकी धोनीकी पत्नी साक्षी धोनी पनि भावुक बनिन् । जतिखेर धोनी बोल्ड भए त्यतिखेर चेन्नईको स्कोर चार विकेट गुमाएर ३९ रनको अवस्थामा थियो । यद्यपि जितको लागि १४० रनको लक्ष्य पक्षाएको सले १९.१ ओभरमा ८ विकेट गुमाएर विजयी भयो । पहिलो क्लालिफायर जित्नासाथ चेन्नईले फाइनमा आफ्नो स्थान सुरक्षित गर्यो । आज उसको सामना सनराइजर्स हैदराबादसँग हुँदैछ ।

हिरो बने राशिद खान
‘सनराइजर्स हैदराबाद’ले दोस्रो क्वालिफायरमा ‘कोलकाता नाइटराइडर्स’ लाई उसैको मैदान इडन गार्डेन्स मा १४ रनले हराएको थियो । यो म्याचको हिरो रहे राशिद खान । पहिलो त उनले ३४ रन बनाएर आफ्नो टिमको स्कोरलाई सात विकेटमा १७४ रन पुर्याउन मद्यत गरे । यसपछि राशिदले केवल १९ रनमात्र दिएर ३ विकेट झार्दै कोलकाताको ढाड भाँचिदिए । उनले दुई शानदार क्याच पनि गरेका थिए ।

फाइनल खेललाई लिएर अहिले क्रिकेट प्रेमीहरुबीच विभिन्न अडकलबाजीहरु चलिरहेका छन् । स्पिनरविरुद्व शानदार ब्याटिङ गर्ने महेन्द्रसिंह धोनीले राशिद खानको बलिङलाई गतिलो जवाफ दिँदै आफ्नो टिमलाई तेस्रोपटक च्याम्पियन बनाउलान ?
के राशिद खानले आफ्नो चामत्कारीक खेलमार्फत ‘सनराइजर्स हैदरावाद’लाई दोस्रो पटकको विजेता बनाउलान ?

दुबै टिमको बलियो पक्ष
‘चेन्नई सुपर किंग्स’ सँग शेन वाटसन, फैफ डू प्लेसी, सुरेश रैना, अंबाती रायडू, ड्वेन ब्रावो, रविन्द्र जडेजा र शार्दुल ठाकुर जस्ता धुरंधर व्याट्सम्यान र अलराउन्डर छन् । धोनी त धोनी भइनैहाले । उनको जादु नै बेग्लै छ ।
उता ‘सनराइजर्स हैदराबाद’सँग कप्तान केन विलियमसन, शिखर धवन, मनीष पांडेय, शाकिब अल हसन, युसूफ पठान, भुवनेश्वर कुमार, ब्रैथवेट र सिद्वार्थ कौल जस्ता अनुभवि व्याट्सम्यान, बलर र उपयोगि अलराउन्डर छन् ।
तर राशिद खान फाइनलमा ‘तुरुपका एक्का’ सावित हुन सक्छन् ।

कस्तो छ त चेन्नईको तागत ?
चेन्नईका अंबाती रायडू १५ म्याचमा एकपटक नटआउट हुँदै एक शतक र तीन अर्धशतकको मद्यतले ५८६ रन बनाइसकेका छन् । चेन्नईका कप्तान महेन्द्रसिंह धोनीलाई आउट गर्न दोस्रो टिमका बलरहरुलाई हम्मे–हम्मे पर्ने गरेको छ । उनी अहिलेसम्म ९ पटक नटआउट रहँदै तीन अर्धशतकको मद्यतमा ४५५ रन बनाइसकेका छन् । उनले यसदौरान ३० छक्का पनि ठोकेका छन् । यस्तो अवस्थामा उनी क्रिजमा टिकेभने मात्र पनि आफ्नो टिमलाई जित दिलाउन पर्याप्त हुनसक्छ । सँगै, शेन वाटसनको ब्याट पनि यसपटक आशा गरेभन्दा ज्यादा नै खुलेको छ । उनले एक शतक र दुई अर्धशतकको मद्यतमा १५ खेलबाट ४३८ रन बनाएका छन् ।

सदाबहार सुरेश रैना
रैनाले पनि अहिलेसम्म चार अर्धशतकको मद्यतले ४१३ रन बनाएका छन् ।
बलिङतर्फ शार्दुल ठाकुरले १२ खेलमा १५, ब्रावोले १५ खेलमा १३, दीपक चाहरले ११ खेलमा १० र रविन्द्र जडेजाले १५ खेलमा १० विकेट लिएर कप्तान धोनीलाई साथ दिएका छन् ।
अर्कोतर्फ, ‘सनराइजर्स हैदराबाद’का कप्तान केन विलियमसनले पनि ब्याटिङ गरेरै भए पनि टिमलाई जिताउन सकिन्छ भन्ने उदाहारण पेस गरेका छन् । उनले १६ खेलमा ८ अर्धशतक हिर्काउँदै जारी सिजनमा सबैभन्दा धेरै ६८८ रन बनाएका छन् । ‘सनराइजर्स हैदरावाद’को अधिकतर जितमा उनको भूमिका सबैभन्दा महत्वपूर्ण रहेको छ । यो कुरा कसलाई थाहा थियो र ? शान्त स्वभावकका देखिने न्यूजिल्यान्डका यी कप्तान आईपीयल जस्तो मारधाडखाले टूर्नामेन्टमा पनि आफ्नो हैकम जमाउन सक्लान भनेर !उनलाई भरपूर साथ मिल्यो शिखर धवनको जसले १५ खेलमा चार अर्धशतकको माध्यमले ४७१ रन बनाए ।

हैदराबादको शक्ति
जब–जब केन र धवनको मद्यतमा ‘सनराइजर्स हैदरावाद’ले ठिकठिकैको रनमा टोलीलाई पु¥याउँथ्यो तब आफ्नो बलरको माध्यमले उसले विपक्षी टिमलाई आफ्नो सामू उभिनै दिँदैनथ्यो । मनीष पांडेयले १५ खेलमा २८४ रन बनाए । यसलाई सन्तोषजनक योगदानमात्र भन्न सकिन्छ । ‘सनराइजर्स हैदराबाद’का बलरहरु पूरै आईपीयलमा चर्चाका विषय बने ।
‘लेग स्पिनर’ राशिद खानले १६ खेलमा २१ विकेट लिए र उनी अहिलेसम्म सर्वाधिक विकेट लिनेहरुमध्येको दोस्रो स्थानमा छन् । पहिलो स्थानमा रहेका पंजाबका एंडू टाईले १४ म्याचमा २४ विकेट चड्काए । यसको अलावा ‘सनराइजर्स हैदराबाद’का तीब्र गतिका बलर सिद्वार्थ कौलले ‘स्विंग’ र ‘योर्कर’को उत्कृष्ट प्रदर्शन गर्दैै १६ खेलमा २१ विकेट झारे ।

राशिद ‘भर्सेज’ धोनी
राशिद खान र सिद्वार्थ कौलको जोडी विरोधी टिमलाई महंगो सावित भयो । यो जोडीले यस्तो–यस्तो समयमा विकेट लियो जब विरोधी टोली जितको नजिक पुगिसकेको हुन्थ्यो । त्यही शाकिव अल हसनले पनि १४ र सन्दीप शर्माले ११ विकेट लिएर यिनीहरुलाई पूरा साथ दिए । के त्यसो हो भने आज हुने फाइनल खेलमा चेन्नईका ब्याट्म्यान र हैदराबादका बलरको बलिङबीच नै टक्कर होला त ? यो यक्ष प्रश्नको जवाफमा क्रिकेट समीक्षक विजय लोकपल्ली भन्छन्,‘ यो कुरा साँचो हो कि महेन्द्रसिंह धोनी पछिल्लो खेलमा राशिद खानको ‘गुगली’मा बोल्ड भएका थिए तर यसको अर्थ यो पनि होइन कि हरेक समय यस्तै नै हुनेछ । ’ लोकपल्ली थप भन्छन,‘यो फाइनल खेल चेन्नइका ब्याट्म्यान र हैदराबादका बलरहरुबीचको भिड्न्त नै हो भन्दा फरक नपर्ला । यसको बावजूद के पनि अनुमान गर्न सकिन्छ भने, शायद फाइनलका लागि धोनीले केही कुरा बचाएर राखेका पो छन् कि ?’

बलिङ र व्याटिङको संघर्ष
हुन त राशिद खानले यो आइपीयलमा आफ्नो टिमका लागि सर्वाधिक विकेट लिएका छन् । तर, भुवनेश्वर र संदीप शर्माले निरन्तर दबाव बनाए जसको फाइदा राशिद र सिद्वार्थ कौललाई मिल्यो । विजय लोकपल्ली भन्छन्,‘ यसको बावजुद राखिदको खेलको प्रसंसा गर्नैपर्छ । किनभने उनी आफू चुटिउँला भनेर डराएनन् । बहादुर बलर हुन । हरेक समय विकेट लिनको लागि प्रयास गर्दछन् । अफगानिस्तनाको अवस्था कस्तो छ सबैलाई थाहा भएकै कुरा हो । त्यहाँबाट आएर आईपीयलमा चम्किनु सजिलो छैन । ’
उता टिम ‘चेन्नई’ दुई बर्षपछि फाइनलमा फर्किएको छ । यस्तो अवस्थामा धोनी तेस्रोपटक च्याम्पियन बन्न कुनै कसर बाँकी छोड्नै छैनन ।
विश्लेषक लोकपल्ली चेन्नइले आईपीयलको इतिहासमा यसपटक सबैभन्दा राम्रो व्याटिङ गरेको दावी गर्छन । उसले हैदरावादलाई हराएको पनि छ । हैदरावाद पनि चेन्नईलाई तेस्रोपटक च्याम्पियन बन्नबाट रोक्न पुरै तागत लगाउने छ । उसले आइपीयलमा सबैभन्दा राम्रो बलिङ गरेको छ । अब निश्चित छ, संघर्ष बलिङ र व्याटिङमा नै हुनेछ । त्यसो हो भने योभन्दा राम्रो फाइनल हेर्न कहाँ पाइयला !




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ