अमेरिकालाई इरानले दियो यस्तो चेतावनी

2018-05-22

एजेन्सी - इरानले तेहरानविरूद्ध वाशिङटनले ‘इतिहासकै सबैभन्दा कडा प्रतिबन्ध’ लगाउने भन्ने अमेरिकी विदेशमन्त्रीको भनाइको निन्दा गरेको छ । राष्ट्रपति हसन रूहानीले इरान र विश्वका लागि निर्णय गर्ने अमेरिकी विदेशमन्त्रीको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् ।

इरानी विदेशमन्त्री जवाद जारिफले भनेका छन्, अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अघि सारेका कदमहरूले अमेरिका ‘असफल नीतिहरू’को बन्दी भएको देखाउँछ र उसले नराम्रो परिणाम भोग्नुपर्छ ।

युरोपेली संघ-इयुको विदेश नीति प्रमुख फेडेरिका मोगेरिनीले पनि अमेरिकाको आलोचना गरेकी छन् ।

उनले भनेकी छन्, इरानसँगको सन् २०१५ को पारमाणविक सम्झौताबाट बाहिरिँदा मध्यपूर्व कसरी सुरक्षित हुन सक्छ भन्ने कुराको पुष्टि गर्न पोम्पेओ विफल भएका छन् ।

यसै महिना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बाहिरिने घोषणा गरेको सम्झौताको ‘कुनै विकल्प नभएको’ मोगेरिनीले बताइन् ।
उनले इरान आफ्ना प्रतिबद्धताहरूप्रति कटिबद्ध रहे इयु उक्त सम्झौताप्रति प्रतिबद्ध रहने उल्लेख गरिन् ।

इयुको ‍औपचारिक धारणाका बावजुद पारमाणविक सम्झौतापछि इरानसँग व्यापार गर्न हतारिएका केही ठूला युरोपेली कम्पनीहरू त्यही लगानी गर्न अथवा अमेरिकासँग व्यापार गर्नमध्ये एउटा रोज्नुपर्ने अवस्थामा पुगेका छन् ।

अमेरिकी विदेशमन्त्री पोम्पेओले भनेका छन्, पारमाणविक सम्झौतापछि अमेरिकाले फुकुवा गरेको प्रतिबन्धहरू पुनः लगाइनेछ र नयाँ कदम अन्तर्गत इरानी ‘सत्तामाथि अभूतपूर्व आर्थिक दबाब’ दिइनेछ ।

पोम्पेओले नयाँ सम्झौताका लागि इरानले सिरियाबाट आफ्ना फौज फिर्ता बोलाउनुपर्ने र यमनमा विद्रोहीहरूलाई समर्थन बन्द गर्नुपर्ने शर्त अघि सारेका छन् ।

यसअघिका अमेरिकी प्रतिबन्धहरूले इरानसँगको सबै व्यापारमा रोक लगाएका थिए ।

वाशिङटनले के कस्ता नयाँ कदम चाल्न लागेको भन्नेबारे चाहिँ पोम्पेओले स्पष्ट पारेनन् ।

तर इरानको केन्द्रीय ब्याङ्कमाथि अमेरिकाले गत हप्ता लगाएको प्रतिबन्ध ‘शुरूवात मात्रै’ भएको बताए । बीबीसी




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ