सरकारको नीति तथा कार्यक्रम प्रस्तुत आज, बैठक बेलुका चार बजे

2018-05-21

काठमाडौं - सरकारको नीति तथा कार्यक्रम सोमबार सार्वजनिक हुँदैछ । आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो दुवै सदनको संयुक्त बैठकमा सार्वजनिक गर्ने कार्यक्रम छ ।

त्यसका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठक चार बजे बस्ने छ ।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने विशेष कार्यक्रममा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका शीर्ष नेताहरु, सरकारका उच्च अधिकारीहरु, संवैधानिक आयोगका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु र कूटनीतिक नियोगका प्रमुखहरुलाई पनि निम्त्याइएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै राष्ट्रियसभा र प्रतिनिधिसभाको बेग्लाबेग्लै बैठक बस्नेछ । ति बैठकले राष्ट्रपतिप्रति धन्यवाद व्यक्त गर्नेछन् ।

सरकारको नीति तथा कार्यक्रममाथि दुवै सदनमा केही दिन छलफल हुने छ । छलफलको क्रममा सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफसमेत दिनेछन् । त्यसपछि उक्त नीति तथा कार्यक्रम पारित गर्नका लागि दुवै सभामा निर्णयार्थ प्रस्तुत हुनेछ ।

नीति तथा कार्यक्रमका आधारमा आगामी आर्थिक वर्षको बजेट आउने भएकाले यसलाई चासोका साथ हेरिएको छ । तत्कालीन एमाले र माओवादी एकीकरण भएपछि बनेको ‘नेपाल कम्युनिस्ट पार्टी’ले ल्याउने नीति तथा कार्यक्रममा समाजवादको आधार तथा विकास र समृद्धिको नारालाई सार्थक पार्ने उद्देश्य प्रतिविम्वित हुने बताइएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ