बाहिरियो एक खुलासा : पुटिन र ट्रम्प मध्ये को बढी प्लेब्वाय ?

2018-05-19

एजेन्सी - विश्वका शक्तिशाली नेताहरू एक–अर्काबीच कस्ता विषयमा गफ गर्छन् भन्नेबारे जोकोहीलाई कुतूहलता लाग्न सक्छ । तपाईंंलाई लाग्न सक्छ, ती नेताहरू पैसा, व्यापार, देश, विकास, राजनीतिलगायत समसामयिक विषयका बहसमा मात्र केन्द्रित हुन्छन् ।

विश्वका शक्तिशाली नेता केवल यस्तै समसामयिक विषयमा मात्र केन्द्रित हुन्छन् भन्ने सोच्नुभएको छ भने तपाईं गलत साबित हुन सक्नुहुन्छ । उनीहरू यौन, महिलाको फिगर, यौनकर्मीलगायतका विषयमा पनि मज्जाले गफिन्छन् । प्रसंग विश्वकै शक्तिशाली देश अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र लगातार चार कार्यकालमा निर्वाचित रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको हो ।

पुटिन र ट्रम्प भेट हुँदा उनीहरू आफ्ना देशका महिला यौनकर्मीका बारेमा पनि राम्रसँगै गफ दिन्छन् । उनीहरूले आ–आफ्ना देशका यौनकर्मीको फूर्तिसमेत लगाउँछन् । अमेरिकी संघीय गुप्तचर निकाय (एफबिआई)का पूर्वप्रमुख जेम्स कोमीले हालसालै यस्तो खुलासा गरेका हुन् ।

कोमीलाई केही महिनाअघि ट्रम्पले एफबिआई प्रमुखबाट विभिन्न आरोप लगाई बर्खास्त गरेका थिए । कोमीले सार्वजनिक गरेको मेमोका केही पेज केही अमेरिकी सञ्चारमाध्यमहरूमा पुगेको छ । मेमोमा उल्लेख भएअनुसार ट्रम्प र पुटिनले आफ्ना देशका यौनकर्मीको खुलेर प्रशंसा गर्छन् ।

कोमीको मेमो सार्वजनिक भएसँगै अमेरिकी राजनीतिमा फेरिी हंगामा आउने सम्भावना छ । पछिल्लो समयमा दुई देशबीच तनाव बढिरहेका वेला उनीहरूबीच भएको विवादास्पद कुराकानीले दुवैजना समस्यामा पर्ने देखिन्छ । एक दिन पुटिनले रसियाका यौनकर्मी विश्वमै सबैभन्दा सुन्दर र कामुक हुन्छन्भनेर ट्रम्पलाई धाक लगाएको विषय ट्रम्पले कोमीलाई सुनाएका थिए ।

तर, पुटिनले कुन सन्दर्भमा ट्रम्पलाई आफ्ना देशका यौनकर्मी र महिलाबारे धाक लगाएका थिए भन्नेबारे भने केही उल्लेख गरिएको छैन । सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपति निर्वाचनमा रसियाले हस्तक्षेप गरेको अमेरिकाले बताउँदै आएको छ । यसै विषयमा कोमी पनि अनुसन्धानको घेरामा तानिएका छन् ।

के भनेका थिए पुटिनले ?
जेम्स कोमीले अहिले जुन दाबी गरेका छन्, सोबारेमा राष्ट्रपति पुटिनले २०१७ मा भनेका थिए । पुटिनले सो समयमा भनेका थिए, ‘ट्रम्प अझै पनि यस्ता वयस्क व्यक्ति हुन्, जो वर्षौँदेखि सुन्दरी प्रतियोगिता आयोजना गर्दै आएका छन् । उनले वर्षौँदेखि धेरै सुन्दर युवतीसँग गफगाफ गर्छन् ।’

पुटिनले रसियाका उच्च तहका व्यक्तिले पदीय मर्यादको सम्मान गर्दै अर्धनग्न युवतीको पनि सम्मान गर्ने धाक लगाएका थिए । उनले भनेका थिए, ‘कुनै होटेलमा जवान र अर्धनग्न युवतीसँग गफिएर बस्नु मेरा लागि कल्पनाबाहिरको विषय हो । यस्ता गतिविधिलाई सामाजिक दृष्टिले रसियामा निम्नस्तरको मानिन्छन् ।’ । तर, ट्रम्पको आचरणमा भने उनले आशंका गरेका छन् ।

‘यसमा कुनै शंका छैन कि रसियाका युवती दुनियाँमै बहुत सुन्दरी हुन्छन् । सुन्दरी प्रतियोगिताका क्रममा त्यस्ता युवतीसँग होटेलमा बस्दा ट्रम्प केवल कुराकानीमै सीमित भए भन्नेबारेमा भने मलाई शंका लाग्छ ।’

पोर्नस्टारसँग फसे ट्रम्प

राष्ट्रपति ट्रम्प विभिन्न युवतीहरूसँगको सम्बन्धका कारण विवादमा तानिएका छन् । राष्ट्रपति निर्वाचनमा ट्रम्पले पोर्नस्टारलाई ठूलो रकम दिएर आफूहरूबीचको सम्बन्ध गुपचुप राखेका थिए । आफूहरूबीचको सम्बन्धलाई सार्वजनिक नगर्न राष्ट्रपति निर्वाचनअगाडि ट्रम्पले आफूलाई केही रकम र फ्ल्याट दिएको पोर्नस्टार डेनियल्सले आरोप लगाएकी छिन् ।


डेनियल्ससँगको अनैतिक सम्बन्ध साम्य पार्न आफ्ना निजी वकिल मिसेल कोहेनलाई १ लाख ३० हजार डलर रकम दिएका थिए । निजी वकिल मिसेल कोहेनले पोनस्टार डेनियल्सलाई दिएको रकम ट्रम्पले भुक्तानी गरिदिएको न्युयोर्क सिटीका पूर्वमेयर रुडी बताउँछन् ।

सो भुक्तानी पूर्ण रूपमा वैद्य भएको गिउलियानीले एक अन्तर्वार्तामा भनेका छन् । ट्रम्पले सन् २०१६ को राष्ट्रपति निर्वाचन अभियानमा सो रकम भुक्तानी दिएको उनको भनाइ छ ।

प्लेब्वाय पुटिन
केही रसियालीको नजरमा रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्लेब्वाय हुन् । पुटिनको नाम धेरै महिलाहरूसँग जोडिएको छ । उनको खेलाडी एलिना काबेभा र पूर्वगुप्तचरी महिला अन्ना चापम्यानलगायत दर्जनौँ महिलासँगको अफेयर चलेको थियो । उनको धेरै महिलासँग लसपस रहेको विदेशी गुप्तचर निकायले दाबी गर्छन् । पुटिन गुप्तचर निकायको अधिकारी भएर जर्मन खटिँदादेखि राष्ट्रपतिको भूमिका रहँदा कुनै न कुनै महिलाको निकट थिए ।

पाँच वर्षअघि पुटिनले एक टेलिभिजन सम्बोधनमार्फत पत्नी लिउडमिलासँग सम्बन्धविच्छेद भएको घोषणा गरेका थिए । ‘हामी व्यावहारिक रूपमा एक–अर्काबीच कहिल्यै नजिक भएनौैँ,’ एउटा नृत्य कार्यक्रममा पत्नीसँगको सम्बन्ध टुटेको खुलासा गर्दै पुटिनले भनेका थिए ।

सम्बन्धविच्छेद हुने समयमा उनको रसियाकी एक उच्च मोडलसँग हिमचिम बढेको थियो । तत्कालीन प्रथम पत्नी लिउमेडा उपस्थित हुने कार्यक्रमको स्थान ती मोडलले लिन्थिन् । पुटिन रसियाको गुप्तचर अधिकारी हुँदा असंख्य महिलासँग यौन सम्पर्क राखेको रसियाली सञ्चारमाध्यमहरूको दाबी छ ।

सार्वजनिक जीवनमा विभिन्न स्टन्ट प्रदर्शन गर्ने पुटिनको पत्नीमाथि दमन गर्ने आरोप लागेको थियो । जर्मनीको गुप्तचर सेवाका अनुसार पुटिनले बारम्बार पत्नी कुट्थे । पुटिन बालदुराचारी भएको जर्मनको आरोप छ । उनी जर्मनमा खटिँदा उनले जर्मन बालबालिकामाथि यौन दुव्र्यवहार गरेको र पत्नीलाई निर्मम ढंगले कुट्ने गरेको जर्मनीको गुप्तचर संस्थाको दाबी छ ।

 

नयाँ पत्रिकाबाट




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ