अधिकांश भान्सामा असुरक्षित ग्यास सिलिन्डर

2018-05-19

काठमाडौँ - अधिकांश ग्यास कम्पनीले असुरक्षित सिलिन्डरमा ग्यास भरेर बजारमा पठाउने गरेका छन् । भल्ब मर्मत गरिएका असुरक्षित सिलिन्डरमा ग्यास भरेर बजार पठाउने गरेको पाइएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ । विभागले यसै आर्थिक वर्षमा गरेको अनुगमनका आधारमा यस्तो तथ्य पत्ता लागेको बताएको हो । अहिले बजार तथा भान्सामा करिब ७० लाख सिलिन्डर भएको विभागको अनुमान छ ।

भल्ब मर्मत गर्नु गैरकानुनी
विभागका अनुसार भल्ब मर्मत गरेर सिलिन्डरमा ग्यास भर्नु गैरकानुनी हो । यस्ता सिलिन्डर जोखिमपूर्ण हुने विभागका सहप्रवक्ता देवेन्द्र केसीले नयाँ पत्रिकालाई बताए । ‘भल्ब मर्मत गर्दा ग्यास सिलिन्डरबाट ग्यास लिक भएर आगलागी हुने सम्भावना उच्च हुन्छ,’ केसीले भने ।

खाना पकाउने ग्यासमा जोडिने भल्ब प्रायः बिग्रिने हुँदा ग्यास कम्पनीहरूले मर्मतकै लागि कर्मचारी राख्ने गरेको अनुगमनका क्रममा भेटिएको उनले बताए । ‘यो–त्यो कम्पनी भन्ने छैन । अधिकांश कम्पनीले भल्ब मर्मत गर्ने गरेको पाइयो,’ केसीले भने ।

सिलिन्डरको भल्ब बिग्रिए नयाँ भल्ब नै फेर्नुपर्ने हुन्छ । नयाँ भल्ब पनि गुणस्तर परीक्षण गरिएको हुनुपर्छ । बिग्रिएको भल्ब मर्मत गरेर चलाउनु गैरकानुनी हो ।

‘भल्ब मर्मत गर्दा सुरक्षा (सेफ्टी) परीक्षण गरिँदैन । त्यसैले पनि भल्ब बिग्रिए नया“ जडान गर्नुपर्छ,’ उनले भने । अधिकांश कम्पनीस“ग भल्ब लिक डिटेक्टर छैन अधिकांश ग्यास बोटलिङ प्लान्टसँग भल्ब लिक डिटेक्टर पनि नभएको अनुगमनमा देखिएको छ । ‘हेरेर र सुँघेर भल्ब ठीक भए/नभएको परीक्षण गर्ने गरेको पाइयो,’ सहप्रवक्ता केसीले भने, ‘सबै कम्पनीलाई भल्ब लिक डिटेक्टर उपकरण राख्न भनिएको छ ।’

सेफ्टी क्याप पनि प्रयोग गर्दैनन्
अधिकांश बोटलिङ प्लान्टले सिलिन्डरमा सेफ्टी क्याप पनि प्रयोग नगरेको पाइएको विभागले जनायो । ‘सबैले सेफ्टी क्याप अनिवार्य प्रयोग गर्नुपर्छ । हामीले निर्देशन दिएका छौँ । ग्यास लिक भइहाले आगलागी रोक्न सेफ्टी क्याप चाहिन्छ,’ विभागका सहप्रवक्ता केसीले भने ।

५९ मध्ये ८ वटा मात्रै गुणस्तर प्रमाणित
नेपालभर गुणस्तर चिह्न (एनएसजी)का लागि आवेदन दिएका ५९ ग्यास बोटलिङ प्लान्ट छन् । यीमध्ये आठ कम्पनीले मात्र एनएसजी चिह्न प्राप्त गरेका छन् । विभागले अन्य २१ प्लान्टको प्रारम्भिक निरीक्षण गरेको र एनएसजीका लागि आवश्यक मापदण्ड पूरा गर्न निर्देशन दिएको छ । सरकारले ०७३ मा बोटलिङ प्लान्टले अनिवार्य एनएसजी चिह्न लिनुपर्ने प्रावधान ल्याएको थियो ।


नयाँ पत्रिकाबाट




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ