अध्यक्षको अधिकार कटौती गर्दै राप्रपा

2018-05-18

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीले विधान संशोधन गरी अध्यक्षको अधिकार कटौती गर्ने तयारी गरेको छ । आगामी ७, ८ र ९ जेठमा वीरगन्जमा बस्ने पार्टी केन्द्रीय परिषद् बैठकमा पेस गर्न केन्द्रीय सदस्य गोविन्द खनियाँको संयोजकत्वमा बनेकोे विधान संशोधन मस्यौदा समितिले तयार पारेको मस्यौदामा अध्यक्षको अधिकार कटौती गर्ने प्रस्ताव गरिएको छ ।

पार्टी कार्यसम्पादन समिति बैठकले खनियाँ संयोजकत्वको समितिले पेस गरेको विधानको मस्यौदा केन्द्रीय परिषद् बैठकमा पेस गर्ने निर्णय गरिसकेको छ । विधानको मस्यौदामा केन्द्रीय कार्यसमिति ७५ प्रतिशत निर्वाचित र २५ प्रतिशत मनोनीत गर्ने व्यवस्था गरिएको छ । अहिलेको विधानमा ५० प्रतिशत केन्द्रीय सदस्य निर्वाचित हुने र ५० प्रतिशत मनोनीत हुने व्यवस्था छ । नयाँ मस्यौदामा अध्यक्षसहितका पदाधिकारी ५०–५० प्रतिशत निर्वाचित र मनोनीत गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । अहिले अध्यक्षबाहेकका सबै पदाधिकारी मनोनयन गर्ने व्यवस्था छ ।

उपाध्यक्ष बुद्धिमान तामाङले अध्यक्षमा रहेका केही अधिकार कटौती गर्ने गरी विधानको मस्यौदा तयार भएको जानकारी दिए । ‘अहिलेसम्म राप्रपा अध्यक्षको एकल निर्णयमा चल्थ्यो,’ तामाङले नयाँ पत्रिकासँग भने, ‘अब नयाँ विधान बनाएर पार्टीलाई सामूहिक नेतृत्वमा लैजाने तयारी हामीले गरिरहेका छौँ ।’

केन्द्रीय सदस्य संख्याबारे मस्यौदा मौन
विधानको व्यवस्थाले अध्यक्ष शक्तिशाली र पार्टी कमजोर भएको भन्दै परिवर्तन गर्दै सामूहिक नेतृत्व प्रणालीमा जानुपर्ने आवाज उठिरहेको थियो । तर, विधानको मस्यौदामा केन्द्रीय समिति कति सदस्यीय हुने भन्ने तोकिएको छैन । केन्द्रीय समिति कति सदस्यीय बनाउने भन्ने निक्र्योल गर्ने जिम्मा परिषद् बैठकलाई छाडिएको सहप्रवक्ता मोहन श्रेष्ठले बताए ।

राप्रपा विधानमा अहिले उपाध्यक्ष पाँच, महामन्त्री चार, सहमहामन्त्री सात, सहायक महामन्त्री सात, प्रवक्ता तीन, कोषाध्यक्ष एक, सहायक प्रवक्ता दुई, सहायक कोषाध्यक्ष एक रहने व्यवस्था छ । नयाँ मस्यौदामा सहायक महामन्त्री, सहायक प्रवक्ता र सहायक कोषाध्यक्ष पद हटाउने प्रस्ताव गरिएको छ । सातवटै प्रदेशमा प्रदेश इन्चार्ज पद थप्ने प्रस्ताव गर्दै मस्यौदामा इन्चार्जको वरीयता केन्द्रीय महामन्त्रीसरह हुने उल्लेख गरिएको छ ।

 

नयाँ पत्रिकाबाट




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ