रोनाल्डो र मेसीलाई मार्ने आईएसआईको धम्की

2018-05-18

लन्डन - आतंककारी समूह आईएसआईले रुस विश्वकपका क्रममा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेसीको हत्या गर्ने धम्की दिएको छ। बेलायती पत्रिका दी सनका अनुसार ग्राफिक फुटेजसहित आईएसआईले रोनाल्डो र मेसीलाई हत्या गर्ने धम्की सार्वजनिक गरेको हो। उक्त भिडियो फुटेजमा दर्शकले भरिएको स्टेडियमभित्र रोनाल्डो र मेसीको टाउको हातमा बेकेका दुई युवा देखिएका छन्।

त्यसको अगाडि ‘योर ब्लड विल फिल द ग्राउन्ड’ (तिम्रो रगतले मैदान भरिनेछ) लेखिएको छ। सिरिया, इराक लगायतका क्षेत्रमा सक्रिय आईएसआई समूहले विश्वकपको पूर्वसन्ध्यामा दिएको धम्कीले आयोजक रुसमाथि खेलाडीको सुरक्षालाई लिएर चुनौती थपेको छ। आईएसआईले बुधबार मात्रै यो फुटेज सार्वजनिक गरेको हो।

आईएसआईले केही समयअघि आफ्ना समर्थकलाई लक्षित गरी रुस विश्वकपका क्रममा खेलाडीहरूलाई आक्रमण गर्न आह्वान गरेको थियो। उनीहरूले त्यस बेला चक्कुले विश्वकपको लोगोलाई प्रहार गरेको र फ्रान्सेली भाषामा ‘सबैलाई मार’ लेखिएको पोस्टरसहित विश्वकपमा कसैलाई पनि आक्रमण गर्न आफ्ना समर्थकमाझ आह्वान गरेका थिए।

आईएसआईले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि मुस्लिमहरूको हत्या गरेको आरोपसहित धम्की दिएको थियो। ‘उनीहरूले पुटिनले यसको मूल्य चुकाउनुपर्नेछ’ लेखिएको पोस्टर सार्वजनिक गरेका थिए। आईएसआईले सिरियामा आफूहरूविरुद्ध कारबाहीमा उत्रिएका राष्ट्रपति बसर अल आसदलाई सहयोग गरेकाले मुस्लिमहरूको हत्या गरेको आरोपसहित धम्की दिएको जनाइएको छ।

रुसले भने आफूहरू खेलाडीको सुरक्षाका लागि पूर्ण रूपमा तयार रहेको जनाएको छ। गत महिनामात्रै रुसले शंकास्पद ११ विद्रोहीलाई मारेको जनाएको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ