मोटरसाइकलको कर बढाउने तयारी

2018-05-18

काठमाडौं - सरकारले मोटरसाइकल प्रयोग गरेबापत वार्षिक दुई सय रुपैयाँ प्रदूषण कर लिने भएको छ। यातायात व्यवस्था विभागले मोटरसाइकल प्रयोगकर्तासँग नयाँ शीर्षक थप्दै वार्षिक दुई सय रुपैयाँ प्रदूषण करण संकलन गर्ने प्रस्ताव गरेको छ।

बजेट निर्माणको चरणमा मोटरसाइकल प्रयोगमा पनि प्रदूषण कर संकलन गर्न सकिने गरी अर्थ मन्त्रालयमा प्रस्ताव गरेको विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए।

विभागले गरेको प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृति गर्दै बजेटमा समावेश गरेको अवस्थामा नयाँ आर्थिक वर्षदेखि मोटरसाइकल दर्ता तथा नवीकरण गर्दा अनिवार्य रूपमा मोटरसाइकल प्रयोगकर्ताले दुई सय रुपैयाँ प्रदूषण कर तिर्नुपर्ने हुन्छ। विभागले सबै प्रकारका मोटरसाइकल प्रयोगकर्तासँग समान रूपमा प्रदूषण कर संकलन गर्ने तयारीसहित अर्थ मन्त्रालयमा प्रस्ताव गरेको भट्टराईले जानकारी दिए।

‘यसअघि मोटरसाइकल प्रयोगकर्ताले प्रदूषण कर तिर्नुपर्र्ने व्यवस्था थिएन’, भट्टराईले भने, ‘अन्य शीर्षकमा शुल्क वृद्धि गर्नुभन्दा प्रदूषण शुल्क संकलन गर्नु उचित हुन्छ।’ सरकारी यो निर्णयबाट वार्षिक ५० करोड भन्दा बढी राजस्व संकलन समेत हुनेछ। यातायात व्यवस्था विभागअनुसार अहिलेसम्म नेपालभर २४ लाख मोटरसाइकल दर्ता भइसकेको छ। यसमा वार्षिक साढे तीन लाख मोटरसाइकल थपिरहेको छ। आर्थिक वर्ष २०७३÷०७४ मा मात्र्रै तीन लाख ५४ हजारभन्दा बढी मोटरसाइकल थपिएको थियो। चालु आवको सात महिनामै एक लाख ७७ हजारभन्दा बढी मोटरसाइकल थपिसकेका छन्। विभागका अनुसार २०७४÷०७५ को माघ मसान्तसम्ममा देशभर २३ लाख ६६ हजारभन्दा बढी मोटरसाइकल दर्ता भइसकेका छन्।

अब थप हुने प्रदूषण करबाहेक पनि मोटरसाइकल प्रयोगकर्ताले सडक निर्माण तथा सम्भार कर र सवारीसाधन करको नाममा यातायात व्यवस्था विभागको यातायात कार्यालयमा कर तिर्दै आएका छन्। पुरानो कर बुझाउनपर्ने शीर्षक यथावत राख्दै प्रदूषण कर थप्ने तयारी भएको भट्टराईले जानकारी दिए।

मोटरसाइकल खरिदगर्दा सीसीका आधरमा सडक निर्माण तथा सम्भार कर तिर्नुपर्ने सरकारी नियम छ। सडक निर्माण तथा सम्भार कर भने तिर्नुपदैन्। यो शीर्षकको कर खरिद गर्दा एकपटक तिरेपछि बाइक प्रयोग गर्दासम्म तिर्नुपर्दैन्। बाइक खरिद गर्दा १२५ सीसीसम्मका मोटरसाइकलले १० हजार, १२६ सीसीदेखि २५० सीसीसम्मकाले १२ हजार, २५१ सीसीदेखि ४०० सीसीसम्मकाले १५ हजार र ४०१ सीसीदेखि माथिको मोटरसाइकल खरिदमा २० हजार सडक निर्माण तथा सम्भार कर तिर्नुपर्छ।

यसैगरी मोटरसाइकल प्रयोगकर्ताले वाषिर्क रूपमा सवारीसाधन कर पनि तिर्नुपर्नेहुन्छ। यसमा १२५ सीसीसम्मकाले २५ सय, १२५ सीसीदेखि २५० सीसीसम्मकाले ४ हजार, २५१ सीसीदेखि ४०० सीसीसम्मकाले आठ हजार र ४०१ सीसीभन्दा माथिकाले वार्षिक रूपमा १५ हजार सवारीसाधन कर तिर्नुपर्ने हुन्छ।


अन्नपुर्णबाट




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ