एमाले र माओवादीको छुट्टाछुटै बैठक जारी, एकतालाई अनुमोदन गर्ने तयारी

2018-05-16

काठमाडौ - बिहीबार नै पार्टी एकता घोषणा गर्ने तयारीमा लागेका नेकपा एमाले र माओवादी केन्द्रको बैठक छुट्टाछुटै बसिरहेको छ । एमालेको बैठक बालुवाटार र माओवादी केन्द्रको ललितपुरस्थित खुमलटारमा बसिरहेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । यस्तै खुमलटारमा पार्टी कार्यालयको विस्तारित बैठक बसिरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

बिहान प्रचण्ड र केपी ओली बीच भएको वान टु वान वार्तामा एकता गर्ने समझदारी भएसँगै एकतालाई अनुमोदन गर्ने विषयमा छलफल गर्न दुबै पार्टीको बैठक बसेको हो । दुबै पार्टीका नेताहरुले भोलि नै पार्टी एकता गर्ने तयारी गरेका छन् । प्रचण्ड ओलीबीचको वान टु वान वार्तामा बिहिबार बिहान १० बजेको लागि पार्टी एकता संयोजन समितिको बैठक पनि बोलाइएको छ ।

एमाले नेता विष्णु पौडेलले पार्टी एकताका सम्बन्धमा दुई नेताबीच भएको कार्य प्रगतिका विषयमा छलफल गरी आवश्यक निर्णय लिन भोलि विहान पार्टी एकता संयोजन समितिको बैठक बोलाउने निर्णय गरिएको जानकारी दिएका छन् । उनले पार्टी एकता संयोजन समितिले दुई दलबीचको कार्यप्रगतिलाई आधार बनाएर पार्टी एकताको टुंगो लगाउने पनि स्पष्ट पारे ।

माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टी एकताका लागि आवश्यक निर्णय लिन भोली विहान पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको बताए । उनले दुई नेताहरुबीच भएको कार्यप्रगति विवरणबारे छलफल गरेर पार्टी एकता संयोजन समितिले आवश्यक निर्णय लिने पनि उल्लेख गरे । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ओली र दाहालबीच पार्टी एकता गर्ने सहमति भएको स्रोतले बताएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ