फालिएका सिसा र बोतलबाट गहना बनाएर क्यानडा निर्यात

2018-05-16

तुलसीपुर- दाङका पूर्वकमलरीले फालिएका सिसाबाट गहना उत्पादन गरेर क्यानडा निर्यात गर्दै आएका छन्। फालिएका सिसा र खाली बोतल प्रयोग गरेर गहना उत्पादन गर्न दाङको गढवा गाउँपालिकामा चार जना पूर्वकमलरी महिलाले उद्योग स्थापना गरेका हुन्।

सिसाबाट घाँटी, कान र हातमा लगाउने विभिन्न आकर्षक गरगहना निर्माण गर्दै आएका छन्। सिसाको बोतल ल्याएर स्थानीय स्तरमै निर्मित ओखल (भट्टी)मा माटोको साँचोमा राखेर आवश्यक आकारअनुसारका बिट्स तयार हुन्छ। त्यसबाट आवश्यकता अनुसारका गहना निर्माण गर्ने गरेको पूर्वकमलरी असारथी कुमालले बताइन्। उनले भनिन्, त्यही सिसाको बिट्सबाट माला, झुम्का र हातमा लगाउने बाला तयार पार्दै आएका छौं। यस्ता गहनाको माग अहिले बढेको छ। हाम्रो सामान क्यानडा निर्यात भएको छ।’

सिसाको बिट्सबाट निर्मित गहना अहिले क्यानडामा राम्रो मूल्य पाएको कुमालले बताइन्। नेपालभन्दा क्यानडामा मूल्य बढी पाउने भएकाले उत्पादित सामग्री क्यानडा पठाउने गरेको उनको तर्क छ। खाली भएर फालेका बियरका बोतल प्रयोग गरेर बिट्स निर्माण गर्ने गरेको र त्यहीँबाट गरगहना बनाउँदै आएको मुक्त कमलरी शारदा चौधरीले जानकारी दिइन्।

बबिता कुमालले आफूहरूले विगत चार महिनादेखि उपयोगविहीन बनाइ फालेका सिसा र तिनका बोतलबाट बिट्स उत्पादन गरी त्यसबाट आकर्षक, माला, झुम्का, बालालगायत वस्तु बनाउँदै आएको उनले बताइन्। ‘हामीले उत्पादन गरेका सबै गरगहना हाल क्यानडा जाने गरेका छन्’, कुमालले भनिन्, ‘त्यहाँ एउटा माला एक सय ८० डलरमा बिक्री हुन्छ।’

कच्चापदार्थ संकलनमा पनि आफैं जाने गरेको कलिला चौधरीले बताइन्। बजार वृद्धि भएपछि कच्चापदार्थ संकलन बढाउने उनको भनाइ छ। चौधरीले अहिले सिसाको बोतल सित्तैमा ल्याउने गरेको जानकारी दिइन्। ‘बोतलको अभाव पनि भएको छैन, किन्नु पनि परेको छैन’, उनले भनिन्, ‘आवश्यक परे खरिद गरेर पनि सिसा प्रयोग गर्ने योजना छ।’

आफूहरूले सबै खालका सिसाको बोतलबाट गहना बनाउँदै आएको र त्यो उत्पादनका लागि उद्योग नै स्थापना गरेको चौधरीले बताइन्। ‘जस्तो बोतलको रङ हुन्छ, त्यस्तै बिट्स निस्कन्छ’, बबिताले भनिन्, ‘त्यसैबाट हामीले विभिन्न रङका गहना उत्पादन गर्दै आएका छौं।’

दैनिक करिब पाँच सय बिट्स उत्पादन गर्ने र त्यसबाट ४० वटा माला र एक सय ५० वटा कानमा लगाउने झुम्का बनाउन सकिने उनले जानकारी दिइन्। उनीहरूले उपयोगहीन सिसाबाट गहना निर्माण गर्ने सीप सिकेर आयआर्जनमा लाग्दा धेरै खुसी भएको बताउने गरेका छन्।


अन्नपुर्णबाट




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ