बीमा कम्पनीहरुको नाफा ह्वात्तै बढ्यो, कसले कति नाफा कमाए ?

2018-05-15

काठमाडौं - बीमा कम्पनीहरुको नाफामा उल्लेख्य वृद्धि देखिएको छ । वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पबाट सिर्जित मागदाबीका कारण विगतमा बीमा कम्पनीहरुको नाफामा केही संकुुचन आएको देखिए पनि चालू आवको पछिल्लो नौ महिनामा भने कम्पनीहरुको नाफा बढेको छ ।

सञ्चालनमा रहेका ३५ मध्ये जीवन र निर्जीवन दुुवै गरी हालसम्म २८ कम्पनीहरुले चालू आवको चैत मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सोमध्ये नेपाल पुुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको खुुद मुनाफा उच्च देखिएको छ ।

पाँच अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल पुनर्बीमा कम्पनीले चालू आवको चैतसम्म ४९ करोड ४५ लाख ९६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । चुुक्ता पुँजी चार अर्ब ३९ करोड ६९ लाख २८ हजार रुपैयाँ रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी भने सो अवधिमा ४३ करोड ५७ लाख ८६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

प्रतिसेयर आम्दानी १३ रुपैयाँ २१ पैसा तथा प्रतिसेयर नेटवर्थ एक सय ८६ रुपैयाँ ५५ पैसा रहेको उक्त कम्पनीले गत आवको सोही अवधिमा ४० करोड ९६ लाख ७२ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

चुुक्ता पुँजी एक अर्ब पाँच करोड ७३ लाख १० हजार रुपैयाँ रहेको शिखर इन्स्योरेन्स कम्पनीले पनि चालू आवको तेस्रो त्रैमासिक अवधिमा ३१ करोड एक लाख छ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ६६ पैसा तथा प्रतिसेयर नेटवर्थ एक सय ९६ रुपैयाँ ९७ पैसा रहेको कम्पनीले गत आवको सोही अवधिमा २६ करोड ६३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । हाल चुक्ता पुँजी एक अर्ब ६५ करोड रुपैयाँको हाराहारीमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पनि चालू आवको तेस्रो त्रैमासिकमा २२ करोड २० लाख ५२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

प्रतिसेयर आम्दानी १७ रुपैयाँ ९६ पैसा तथा नेटवर्थ एक सय २६ रुपैयाँ ४४ पैसा रहेको कम्पनीले गत आवको सोही अवधिमा १७ करोड ४७ लाख चार हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

मेट लाइफ एलिकोले भने चालू आवको तेस्रो त्रैमासिकमा १८ करोड ८९ लाख ६४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १८ करोड ६४ लाख ७८ हजार रुपेयाँ रहेको थियो ।

चुक्ता पुँजी ५३ करोड ८२ लाख ९२ हजार रुपैयाँ रहेको सगरमाथा इन्स्योरेन्स कम्पनीले पनि चालू आवको तेस्रो त्रैमासिक अवधिमा १७ करोड दुुई लाख ३८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ६३ पैसा तथा प्रतिसेयर नेटवर्थ दुुई सय ७१ रुपैयाँ ४८ पैसा रहेको कम्पनीले गत आवको सोही अवधिमा १४ करोड ३६ लाख १४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले पनि चालू आवको तेस्रो त्रैमासिकमा १४ करोड ३१ लाख ५८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । चुक्ता पुँजी ६१ करोड दुुई लाख रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ २८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ दुुई सय ६९ रुपैयाँ ३१ पैसा रहेको छ ।

गत आवको सोही अवधिमा प्राइमले १० करोड ७४ लाख ५३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । यीबाहेक एसियन लाईफ, सूर्या लाइफ, प्रुुडेन्सीयल, नेपाल इन्स्योरेन्स कम्पनी आदिको खुुद मुनाफा पनि गत आवको तेस्रो त्रैमासिकको तुुलनामा बढेको छ । आर्थिक दैनिकबाट ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ