अमेरिकी दुतावास खोलेकै दिन गाजामा ५५ प्यालेस्टिनी मारिए, के हो जेरुसलेम विवाद ?

2018-05-15

एजेन्सी - इजरेली सेनाबाट गाजामा कम्तीमा ५५ जना प्यालेस्टिनीहरू मारिएको घटनाको अन्तर्राष्ट्रियस्तरमा व्यापक निन्दा भइरहेको छ। प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले घटनालाई एउटा नरसंहारको संज्ञा दिएका छन्। फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले प्रदर्शनकारीमाथि इजरेली सशस्त्र फौजबाट गरिएको हिंसाको भर्त्सना गरेका छन् र दुई राज्यको मान्यताबाट समस्याको हल हुनेप्रतिको समर्थन दोहोर्‍याएका छन्। टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले इजरेलमाथि राज्यबाट गरिने आतङ्क र नरसंहारको आरोप लगाएका छन्।

ब्रिटेनले आफ्नो सिमानाको रक्षा गर्न पाउने इजरेलको अधिकार भएको बताएको छ। तर उसलाई उच्च संयम अपनाउन आग्रह गरेको छ। तर इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले जेरूसलेममा अमेरिकी दूतावास खोलिएको विरोधमा गरिएको हिंसात्मक प्रदर्शनका क्रममा आफ्नो देशले रक्षात्मक कदम चालेको बताएका छन्।

Image result for इजरेली सेनाबाट गाजामा कम्तीमा ५५ जना प्यालेस्टिनीहरू मारिए

दर्जनौं मारिने गरी जारी जेरुसलेम विवाद किन ?
प्यालेस्टिनी अधिकारीहरूले सन् २०१४ को युद्धयताकै सबैभन्दा ठूलो हिंसामा इजरेली सेनाबाट कम्तीमा ५५ जना मारिएको र २,७०० जना घाइते भएको बताएका छन्। इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले आफ्नो देशले नष्ट पार्न चाहेको गाजाको इस्लामवादी हमास शासकहरूविरूद्ध इजरेली सेना आत्मरक्षाको कदम चालेको बताएका छन्। प्यालेस्टिनी नेताले घटनालाई नरसंहार भन्दै त्यसको भर्त्सना गरेका छन्।

संयुक्त राष्ट्रसंघले ुचरम मानव अधिकार उल्लंघनु भएको प्रतिक्रिया दिएको छ। संयुक्त राज्य अमेरिकाले जेरुसलेममा विवादास्पद दूतावास खोलेपछि हिंसा शुरू भएको हो। तेल अभिभबाट आफ्नो दूतावास सार्ने अमेरिकी कदमबाट प्यालेस्टिनीहरू क्रुद्ध बनेका छन्। उनीहरू पूर्वी जेरुसलेमलाई भावी प्यालेस्टिनी राज्यको अविभाज्य राजधानीका रूपमा हेर्दछन्। हमासले फिर्तीका लागि महान् पदयात्रा भनेर व्याख्या गरेको ६ हप्ता लामो पदयात्राका क्रममा प्यालेस्टिनीहरूले सोमवार प्रदर्शन गरिरहेका थिए।

यद्यपि सोमवारको प्रदर्शन उनीहरूको कार्यक्रमको समापन थियो। अझ सन् १९४८ मा इजरेली राज्यको गठनको अवसर पारेर मंगलवारका लागि त्यो योजना बनाइएको थियो। इजरेल गठन भएको दिनलाई प्यालेस्टिनीहरूले नक्बा अर्थात् एउटा विपद्को रूपमा हेर्दै आएका छन्। त्यस लगत्तै भएको युद्धका कारण हजारौँ मानिसहरू आफ्ना घर छाडेर भागे अथवा विस्थापित हुन पुगे।

Image result for इजरेली सेनाबाट गाजामा कम्तीमा ५५ जना प्यालेस्टिनीहरू मारिए

के हो जेरुसलेम विवाद ?
संयोगवश सोमवारको प्रदर्शन अमेरिकी दूतावास खोलिएको दिनसँग जुध्न पुग्यो। इजरेलका अनुसार गाजापट्टिको सुरक्षा तारवारसँगैका १३ वटा स्थानमा ४० हजार प्यालेस्टिनीहरू सहभागी भएका थिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ