किन ट-यो तत्काललाई एमाले-माओवादी एकता ?

2018-05-15

काठमाडाैं - ८ महिना अघिदेखि एकताको बारेमा छलफल गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता तत्काललाई टरेको छ । पछिल्लो समय एकता प्रक्रिया अघि बढाउनेबारे दुवै पार्टीका प्रमुख नेताहरुबीच कुनै छलफल हुन सकेका छैनन् ।

दुवै पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एकताको विषयमा अहिले केही मतभिन्नताहरु रहेको स्रोतको दाबी छ । प्रचण्डले एमालेसँग सम्मानजनक र समानताको आधारमा एकता हुनुपर्ने अडान राखेका छन् । तर एमालेले उक्त कुरा स्वीकार गरेको छैन ।

केहि दिनअघि देखि माअोवादी र एमाले नेताहरूको घोचपेच पनि शुरू हुन थालेको छ । केहिदिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा अाउँदा भएको कार्यक्रममा पनि माअोवादीबाट सरकारमा सहभागी मन्त्रीहरूलार्इ उपस्थित गराइएको थिएन । अझ अरूण जलविद्युत अायोजनाको उदघाटन कार्यक्रममासमेत माअोवादीका उर्जा तथा जलस्रोत मन्त्री बर्षमान पुनलाइ जानकारी नदिएको दिएको समाचार सार्वजनिक भइसकेको छ । पछिल्लो समय बजेटमासमेत अोलीले एकलाैटी गर्न खोजेको माअोवादीका नेताहरूको अारोप छ ।

माअोवादीबाट सहभागी मन्त्रीहरूले पार्टी अध्यक्ष प्रचण्डलाइ अोलीसँग एक पटक कुरा गर्न सुझाएका छन् । अोलीले जसरी पनि एकलाैटी निर्णय गर्दै अाएको माअोवादीबाट सहभागी एक मन्त्रीले जानकारी दिए ।

एमाले अध्यक्ष ओलीले एकता महाधिवेशनपछि अध्यक्षमा माधव कुमार नेपाललाई उठाउने तयारी गरेसँगै प्रचण्डले ओलीसँग असन्तुष्टी पोखेको स्रोतले बतायो । प्रचण्डले एकतापछिको कि अध्यक्ष कि प्रधानमन्त्री माअोवादीलार्इ दिनुपर्ने बताइरहेका छन् । प्रधानमन्त्रीमा ओलापालो र एकता महाधिवेशनसम्म दुवै जना अध्यक्ष रहनुपर्ने प्रचण्डको अडान छ । तर, यसमा ओली भने सहमत हुन सकेका छैनन् ।

प्रचण्ड अध्यक्ष वा प्रधानमन्त्रीमध्ये कुनै एक पद आफूलाई सुरक्षित नभएसम्म एकता गर्ने पक्षमा छैनन् । दुवै दलका नेताहरुले एकताको मिति तोक्दै आएका छन् । तर, उनीहरुले सार्वजनिक गरेको एकता गर्ने भनिएका मितिहरु त्यतिकै गुज्रिँदै आएका छन् ।


खबरडबली बाट




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ