बार्सिलोनाको अपराजित यात्रामा पूर्णबिराम, लेभान्तेसँग पराजित

2018-05-14

एजेन्सी - ला लिगा च्याम्पियन बार्सिलोनाको ३६ खेल लामो अपराजित यात्रामा पूर्णबिराम लागेको छ । ३७ औँ खेलमा गएराती लेभान्तेसँग ५–४ गोल अन्तरले पराजित भएसँगै जारी सिजनको ला लिगामा बार्साको अपराजित यात्रा टुंगिएको हो ।

लेभान्तेको घरेलु मैदानमा बल माथी अधिकांश समय नियन्त्रण बनाएको बार्साले गोल गर्ने थप अबसरको भने सदुपयोग गर्न नसक्दा अपराजित रहदै ला लिगाको अन्त्य गर्ने उसको सपना चकनाचुर भएको हो । ईमानुएल बोटेङको ह्याट्रिक तथा ईनिस बार्दिको २ गोल मद्दतमा लेभान्तेले जित निकालेको हो । नवौँ मिनेटमा पहिलो गोल गरेका बोटेङले ३० र ४९ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । खेलको ५९ औँ मिनेटसम्म ५–१ ले पछि परेको बार्साले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै ३ गोल थपेको थियो । फिलिप काउटिन्होले ह्याट्रिक गरेको खेलमा लुईस स्वरेजले १ गोल थपेका थिए ।

यद्यपी त्यो जितका लागी पर्याप्त बन्न सकेन । काउटिन्होले ३८, ५९ र ६४ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । जारी सिजनको ला लिगामा एक मात्र खेल बाँकी रहदा बार्सिलोना २७ जित ९ बराबरी र १ हारका साथ तालिकाको शीर्ष स्थानमा छ । अर्को खेलमा स्पानियोलले रेलिगेशनमा परेको मालागालाई ४–१ गोल अन्तरले पराजित गर्यो । जितका बावजुत पनि स्पानियोल भने तालिकाको १४ औँ स्थानमा छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ