राप्रपा (प्रजातान्त्रिक) ले पार्टी एकताको पहल गर्ने

2018-05-11

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले समान विचार भएका पार्टीसँग एकता गर्न सघन वार्ता र छलफललाई अघि बढाउने निर्णय गरेको छ ।

२५ देखि २७ वैशाखसम्म काठमाडौंमा बसेको केन्द्रीय कार्यसमिति बैठकले राप्रपा वृत्तलगायत एकताका पक्षधर अन्य पार्टीसँग भइरहेको सम्पर्क सम्बन्धलाई अझै गम्भीर ढंगले अगाडि बढाउने निर्णय गरेको हो ।

दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष पशुपतिशमशेर राणाले प्रजातान्त्रिक विचारधारा अवलम्बन गर्ने राजनीतिक दलसँग एकताका लागि सक्दो प्रयास गरिने बताए ।

‘पछिल्लो प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनबाट प्रजातान्त्रिक विचारधारा राख्ने शक्ति खुम्चिएको छ,’ राणाले भने, ‘अब हुने निर्वाचनमा खुम्चिएको शक्तिलाई पुनः फराकिलो बनाउन प्रजातान्त्रिक विचारधारामा आस्था राख्ने शक्तिबीच एकीकरण हुन आवश्यक छ, त्यसका लागि हामीले पहलकदमी लिने निर्णय बैठकले गरेको छ ।’

बैठकले मौन रूपमा परम्परागत संस्थाहरूलाई संरक्षण र संवद्र्धन गर्ने निर्णय गरेको छ । अध्यक्ष राणाले राजसंस्थाबारे दस्ताबेजले नबोले पनि त्यसलाई पार्टीभित्र सम्मान गरिने बताए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ