रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा, को संग हुँदै छ अन्तिम भिडन्त ?

2018-05-02

काठमाडौं - रियल मड्रिड लगातार तेस्रोपटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग २-२ को बराबरी भए पनि समग्रमा ४-३ को जित निकाल्दै रियल मड्रिड उपाधि नजिक पुगेको हो । पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो ।

मंगलबार भएको दोस्रो लेगमा सुरुआती अग्रता भने वायर्नले लिएको थियो । जोशुआ किमचले तीन मिनेटमै गोल गरेर अग्रता दिलाएका थिए । तर, ११ मिनेटमा करिम बेन्जिमाले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा पनि दुवैले एक-एक गोल गरे । ४६ औँ मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए । तर ६३ औं मिनेटमा जेम्स रोडि्रग्वेजको गोलमा वायर्न बराबरी गर्न सफल भयो ।

रियलको घरेलु मैदानमा वार्यन हावी भए पनि हार टार्न भने सकेन । बलमाथि ६० प्रतिशत नियन्त्रण जमाएको वायर्नले रियलको पोष्टमा लगातार आक्रमण गरेको थियो । तर, रियलका गोलरक्षक केइलोर नावासले बललाई जाली चुम्नबाट जोगाए र उ वायर्न सेमिफाइनलमै रोकिन बाध्य भयो ।

सेमिफाइनलको दोस्रो लेगमा बुधबार राति लिभरपुल र रोमाबीच प्रतिस्पर्धा हुनेछ । विजेताले फाइनलमा रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो लेगमा लिभरपुलले रोमालाई ५-२ ले हराएको थियो ।

फाइनल खेल मे २६ मा युक्रेनको किएभमा हुनेछ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ