बच्चाले ओछ्यानमा पिसाब फेरेर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी उपाय !

2018-04-26

एजेन्सी - प्रायजसो आमाबाबुलाई आफ्ना बच्चाहरूले बिस्तारामा पिसाब गर्ने कुरालाई लिएर चिन्ता हुने गर्छ । बच्चा ठुला भएपनि उनीहरु बिस्तारामा पिसाब गर्न छाड्दैनन् भने यो अभिभावकले सोँच्नुपर्ने कुरा हो । यदि तपाईले चाहानुभयो भने यो समस्यालाई कैयौँ तरिकाबाट रोक्न सक्नुहुन्छ ।
जस्तो, उसलाई रातको करिब १–२ बजेतीर बिस्तारै जगाएर बाथरुममा लैजानुहोस् र पिसाब गर्नको लागी प्रेरीत गर्नुहोस् । बच्चालाई बानी लगाउनुहोस् की उ सुत्नुभन्दा पहिले पिसाब गरोस् । साथै रातमा ८ बजे पछाडी उसलाई पानी पिउन नदिनुहोस् । यदि कुनै समय बच्चा चाँडै नै सुत्यो भने त्यसलाई काखमा लिएर शौचालय लैजानुहोस् । जुन कोठामा बच्चा सुत्छ त्यो कोठामा रातको समय मन्द लाइट बालेर राख्नुहोस् । ताकी बच्चा एक्लै गएर शौचालयमा पिसाब गर्न सकोस् ।

यदि ६ बर्षभन्दा माथिका बच्चाहरु बिस्तारामा पिसाब गर्छन् भने त्यसको कारण जान्नु जरुरी छ । ठुला बच्चाहरु बिस्तारामा पिसाब गर्नु कुनै बिमारीको संकेत पनि हुन सक्छ । एक अध्यनका अनुसार ७० प्रतिशत बच्चा जसले बिस्तारामा पिसाब गर्छन् । तिनको अभिभावक पनि बच्चा अवस्थामा बिस्तारामा पिसाब गर्ने गर्थे । डीएनएमा उपलब्ध क्रोमोजमबाट यो शारिरीक गुण आमा वा बाबुबाट आउने गर्छ । यदि तपाई आफ्नो बच्चाले बिस्तारामा पिसाब गरेर हैरान हुनुहुन्छ भने यी टिप्सहरु तपाईका लागी सहयोगी हुनेछन् । जसबाट तपाईले आफ्ना बच्चाले बिस्तारामा पिसाब गर्नबाट रोक्न सक्नुहुन्छ ।

छोकडा
यदि तपाईको बच्चाले बिस्तारामा पिसाब गर्छ भने उसलाई राती सुत्नुभन्दा पहिले २–३ वटा छोकडा खुवाउनुहोस् । साथै यो पनि ध्यान राख्नुहोस् साँझ परेपछि उसलाई तरल पदार्थ नपिलाउनुहोस् । साथै खानामा आलुको हलुवा बनाएर खुवाउनुहोस् । यस उपचारबाट यो समस्या समाधान हुन्छ ।

तिल एवं गुँण
तिल अनी गुणलाई मिलाएर त्यसको मिश्रण बनाउनुहोस् । यो खुबाउनाले बच्चाले बिस्तारमा पिसाब गर्न छोड्छ । तिल एवं गँुणको यस मिश्रणमा सोफको चुर्ण मिलाएर बच्चालाई खुवाउनाले अन्य कैयौँ शारिरीक फाइदा हुन्छन् ।

दुध एवं मह
१ कप दुधमा एक चम्चा मह मिलाउनुहोस् । यस चिजलाई बिहान बेलुका बच्चालाई करिब ४० दिनसम्म खुवाउनुहोस् । यस दुधको साथै बच्चालाई तिल गुँणको एक लड्डु प्रत्येक बिहान खान दिनुहोस् ।

ओखर एवं किशमिश
बच्चालाई प्रतिदिन दुई ओखर एवं १०–१२ किशमिशको दाना १५–२० दिनसम्म खुवाउनुहोस् । उनीहरुको बिस्तारामा पिसाब गर्ने बानी हटेर जान्छ ।
अमला

एक ग्राम पिसेको अमला, एक ग्राम पिसेको कालो जिरा र दुई ग्राम पिसेको मिश्री मिलाएर एक चम्चाको मात्रामा बच्चालाई दिनुहोस् । त्यसमाथी चिसो पानी पिलाउनुहोस् । यसले बिस्तारामा पिसाब गर्ने समस्या अन्त्य हुनछ । ५० ग्राम सुख्खा अमला एवं ५० ग्राम कालो जिरालाई पिसेर त्यसमा ३०० ग्राम मह मिलाउनुहोस् । यसबाट बिहान बेलुका ६ ग्राम बच्चालाई खुवाउनुहोस् ।

साँझमा पानी कम पिलाउनुहोस्

यदि तपाई पानीको मात्रामा ध्यान दिनुभयो भने बच्चा पुरै रात बिना नउठि सुत्छ । त्यसैले सुत्नुभन्दा पहिले उसलाई कम पानी पिलाउनुहोस् । एजेन्सीको सहयोगमा




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ