पानि : तातो या चिसो पिउनु ठिक ?

2018-04-26

एजेन्सी - पानी हाम्रो दैनिक उपयोगी तथा अपरिहार्य चिज हो । पानी बिना जिन्दगीको कल्पना पनि गर्न सकिँदैन । हाम्रो शरिरको ७० प्रतिशत भाग पानीबाट बनेको हुन्छ । तपाइले पानी पिउने समयमा पानीको तापक्रममा कत्तिको ध्यान दिनुहुन्छ ? ? हामीमध्ये धेरै चिसो पानी पिउछौँ, के यो स्वास्थ्यको लागी फाइदाजनक छ ?

एक हेल्थ म्यागजिनमा प्रकाशित भएको रिपोर्टका अनुसार ८० देखि १०६ डिग्री फरेनहाइट सम्मको पानी शरिरको लागी हानिकारक हुन्छ । यसले गर्दा तपाई बिरामी हुन सक्नुहुन्छ । चिसो पानीको कारण इम्युन सिस्टमको कार्यक्षमता कम हुन्छ । चिसो पानी पिउनाले धेरै मात्रामा म्यूकसको उत्पादन हुन्छ । जुन स्वास्थ्यको लागी हानीकारक छ । अर्को एक रिपोर्टका अनुसार चिसो पानी पिउनाले रक्त कोशिकाहरु साना हुन्छन् । यसले राम्रोसँग खानालाई अबशोषित गर्ने क्षमता कम हुन्छ ।

तातो पानी पिउनुको फाइदा
चिसो पानी पिउनु स्वास्थ्यको लागी हानिकारक हुन्छ । यसकारण हामी तपाईलाई तातो पानी पिउनुको फाइदाको बारेमा बताउन गइरहेका छौँ ।

पाचन
तातो पानी पिउनाले पाउन प्रणालीलाई राम्रो बनाउँछ । तातो पानीले पेटमा खानालाई पचाउनमा सहयोग गर्छ । यदि खाना खाएपछि चिसो पानी पिउने हो भने पेटमा खाना पच्नमा समस्या हुन सक्छ ।

पेट दुखाइबाट मुक्ति
यदि तपाईलाई पेटसँग सम्बन्धित कुनै रोग वा पेटको दुखाई छ भने तपाईले दैनिक तातो पानी पिउनुपर्छ ।

छालाको लागी
शरिरमा रहेका बिषाक्त पदार्थको कारणबाट छाला उमेरभन्दा बुढो देखिन्छ । तातो पानी पिएर तपाई यस प्रकियालाई रोक्न सक्नुहुन्छ । तातो पानीले छालामा लचिलोपन ल्याउँछ । बिशेषगरि महिलाहरुको लागी तातो पानीले बिशेष फाइदा दिन्छ ।

तनावको स्तरमा कमी
तातो पानीले नर्भस सिस्टममा सिधै असर पर्छ । तातो पानीले छटपटी अनी तनाव कम गर्नमा सहयोग गर्छ ।

कब्जियतलाई राहत
आँतमा जमेको मललाई तातो पानीबाट बाहिर निकाल्न सकिन्छ । दैनिक तातो पानी पिउनाले कब्जियतको समस्याबाट मुतm हुन सकिन्छ ।

मुलायमको सन्तुलन
तातो पानीले शरिरलाई हाइड्रेट राख्छ । तपाई आफ्नो नियमित डाइटमा ९ देखि १२ डोज सम्म पानी समाबेश गर्न सक्नुहुन्छ । शरिरका सबै अंगले राम्रोसँग कार्य गर्नको लागी पर्याप्त मात्रामा पानीको आवश्यकता हुन्छ । तातो पानीले राम्रो तरिकाले अंगहरुले काम गर्न सक्छन् ।

तौल कम गर्न
तातो पानीले शरिरको तौल कम गर्नमा सहयोग गर्छ । शरिरको तापमानलाई कम गरेर मेटाबोलिज्मलाई सक्रिय बनाउँछ । तातो पानीले आँतको मललाई बाहिर निकालेर शरिरलाई सफा बनाउँछ । साथै तौल कम गर्ने कार्यमा पनि सघाउ पुर्याउँछ ।

बिषाक्त पदार्थलाई बाहिर निकाल्छ
तातो पानी पिउँदा शरिरमा एण्ड्रोक्राइन सिस्टम सक्रिय हुन्छ । शरिरमा पसिना आउन लाग्छ । पसिना द्धारा बिषाक्त पदार्थ बाहिर निस्कन थाल्छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ