के हो सेक्स एडिक्सन ? यौनेच्छा नियन्त्रणभन्दा बाहिर गए के हुन्छ ?

2018-04-26

एजेन्सी - कुनै पनि कुराको लत लग्नु राम्रो हैन। चाहे त्यो रक्सीको होस् चुरोट खैनीको होस् या अन्य कुनै कुराको लत यसले मानिसको सामाजिक र व्यक्तिगत जीवनलाई ध्वस्त बनाइदिन्छ।

लत जेको पनि हुन् सक्छ र कतिपय मान्छेमा सेक्सको पनि लत हुन्छ भन्ने सुन्दा तपाईं-हामीलाई अचम्म लाग्न सक्छ।

सामान्यतयाः ‘सेक्स एडिक्सन’ या ‘यौनको लत’को बारेमा मानिसहरू खुलेर कुरा गर्न रुचाउन्नन। तर यस्तो प्रकारको लत लागेका मानिसले आफ्नो व्यक्तिगत, पारिवारिक एवं सामाजिक जीवन नै तहस नहस पारिदिन सक्छ।

के हो त सेक्स एडिक्सन?

सेक्स एडिक्सन एउटा गम्भीर मनोवैज्ञानिक समस्या हो। यौनेच्छा नियन्त्रणभन्दा बाहिर गएको खण्डमा यस्तो समस्या हुन जान्छ। यस्तो अवस्थामा मानिस प्रत्येक पल सेक्सको बारेमा मात्रै सोच्ने हुन्छ।

हामीहरूको सामान्य बुझाई के रहेको हुन्छ भने पुरुषअरू मात्र सेक्स एडिक्ट हुने गर्दछन् तर यो सत्य भने होइन महिलाहरू पनि पुरुष जत्तिकै सेक्स एडिक्ट रहेको पाइएको छ।

वास्तवमा सेक्समा रुचि राख्नु, यसमा अत्यधिक सक्रिय रहनु या एडिक्ट नै हुनु सबै फरक फरक फरक कुरा हुन्।

यस्ता एडिक्टअरूले उसको गतिविधिले उसको व्यक्तिगत जीवन उसको परिवेश लगायत समाजलाई कस्तो असर पारिरहेको छ भन्नेबारे समेत ध्यान दिंदैन।

कतिपय अवस्थामा यस्तो प्रकारको लातले मानिसलाई अवसादको चरम सीमासम्म लैजाने भएकाले उसले आत्महत्या जस्ता खतरनाक कदम समेत उठाउन सक्छ। यस्तो अवस्थालाई ‘अब्सेसिभ कंपल्सिभ डिसअर्डर’ भन्ने गरिन्छ।

नेपालमा यसकोबारेमा अध्ययन भएको कुनै प्रमाण त भेटिन्न तर यस्तो प्रकारको समस्या नेपालमा नदेखिएको भने होइन।

अब तपाईंको साथीमा पनि कतै यस्तो प्रकारको लत त छैन भन्ने कुरा थाहा पाउन केहि लक्षणहरूमा ध्यान दिनु पर्ने हुन्छ।

कुरा लुकाउने

यदि तपाईंको साथीले तपाईं बाट सानासाना कुरा लुकाइराखेको छ र कुनै पनि कुरामा आवश्यकता भन्दा बढी गोपनियता कायम गर्न खोजिराखेको छ भने त्यस्तो अवस्थामा केही समस्या आउन सक्छ।

त्यस्तै भेटूँ भन्दा या फोन गर्दा अनेक थरि बहाना बनाएर कुरा लुकाएको जस्तो गरिराखेको छ भने पनि उसमा यस्तो लत लागेको हुन् सक्छ।

तर यी लक्षणहरू देखिंदैमा तपाईंको साथी सेक्स एडिक्ट भइहालेको भने नहुन सक्छ। यसका केही अन्य लक्षणहरू पनि छन् जसको राम्ररी निरीक्षण गरेर मात्र निष्कर्षमा पुग्न सकिन्छ।

सधैँ सेक्सकै बारेमा सोची रहनु

यदि तपाईंको साथीले जीवनका अरु अवश्यकीय पक्षहरूलाई नजरअन्दाज गरेर हरेक समय सेक्सकै बारेमा मात्र सोचिरहन्छ भने पनि ऊ सेक्स एडिक्ट भएको हुन् सक्छ। यस्तो व्यक्तिको मष्तिष्क सधैं अस्थिर रहने हुन्छ।

सधैँ उत्तेजक साहित्य खोजी खोजी पढ्नु

यदि तपाईंको साथीले इन्टरनेटमा खोजी खोजी उत्तेजक तस्बिर या भिडियोहरू हेर्ने गर्छ भने पनि ऊ सेक्स एडिक्ट भएको हुन् सक्छ। यस्तो व्यक्ति पत्र-पत्रिकाहरू या इन्तार्नेत्मा हरेक समय ‘सेक्सुअली एक्सप्लिसिट’ भनेर व्हिनिएको विषय वस्तु कोजी खोजी हिँड्ने गर्दछ।

विशेषज्ञहरूका अनुसार यदि दुई यौन साथीहरू सँगै त्यस्तो सामग्री हेर्छन् भने यसले तिनीहरूको सम्बन्धमा रोमांचकता ल्याउँछ तर यसको साटो यदि तपाईंको साथी एक्लै सबै कुरा बिर्सेर यस्तो सामग्री हेर्छ र त्यस बेला सबैलाई बिर्सिन्छ भने त्यो लक्षण भने कदापी ठिक होइन।

उत्तेजक स्वैरकल्पना

यस्ता मान्छेहरू उत्तेजक खालका कल्पनाहरूमा डुबिरहन्छन्। यस्ता कल्पनाहरू अवास्तविक र अति काल्पनिक सम्म हुने गर्दछन्।

यस्तो खालको समस्या भएका मानिसहरू लामो समयसम्म अवास्तविक यौनिक कल्पनालाई वास्तविक मानिरहेका समेत हुन् सक्छन्।

आपराधिक प्रवृत्ति

यस्ता व्यक्तिहरूमा यौनजन्य अपराधहरू गर्ने प्रवृत्ति रहेको हुन्छ। उनीहरू मौका पाउनासाथ यौनजन्य हिंसामा प्रवृत्त हुन सक्छन्। विपरित लिंगीलाई जिस्क्याउने, अपशब्द प्रयोग गर्ने या आक्रमण गर्ने जस्ता काम यस्ता व्यक्तिबाट हुन् सक्छन्।

जीवनप्रति उदासीनता

यस्ता मानिसहरूमा सेक्सप्रतिको अत्यधिक चाहले गर्दा जीवनप्रतिको उदासीनता देख्न सकिन्छ। यसले गर्दा उसको दैनन्दिन जीवनका कामहरू रोकिने हुन सक्छन्। उसले घर या अफिसको काममा ध्यान नदिन सक्छ बरू ऊ हरेक समय यौनिक विषयवस्तु भएको साहित्य या श्रव्य-दृश्य सामग्रीमा भुलिरहेको हुन्छ।

चरम यौन असन्तुष्टि

यतो मानिसमा देखिने एउटा लक्षण चरम यौन असन्तुष्टि पनि हो। जसका कारण उसका धेरै यौन सथीहरू हुन सक्छन् तर पनि उसले अन्य महिला या पुरुषसँग सम्बन्ध स्थापित गर्ने लोभ गरिराखेको हुन्छ।

यस्ता मानिसहरूले आफु बसेको स्थानको मर्यादा केहो भन्ने समेत बिर्सेर यौनजन्य क्रियाकलापहरूको अपेक्षा गरिरहेका हुन् सक्छन् ।

साथै चरम यौन असन्तुष्टिकै कारण यस्ता मानिसहरू बारम्बार हस्त मैथुन गर्दा पनि सन्तुष्ट हुँदैनन् र आफ्नो साथीसँग पीडादायी यौन व्यवहार समेत गर्ने गर्दछन्।

अस्थिर सम्बन्ध

यस्ता मानिसहरूको यौन व्यवहार अस्थिर सम्बन्धहरूको शृंखला रहेको हुन्छ। उसले जतिबेला पनि जुनसुकै पनि अपरिचित व्यक्तिसँग यौन सम्बन्ध स्थापित गर्न हिच्किचाहट मान्दैन।

उनीहरू चाँडो चांडो यौन साथीहरू बदलिरहन्छन्। र उनीहरूलाई सम्बन्धहरूमा यौन बाहेक अरु चीज नै देखिन्न।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ