आन्तरिक ऋण १ खर्ब ६७ अर्ब, वैदेशिक सहायता खर्च हुन सकेन

2018-04-24

काठमाडौं - विश्व बैंकले बजेट घाटा बढी रहेको नेपालका लागि नराम्रो अवस्था भएको बताएका बेला सरकारले बजेट घाटा पूरा गर्न १ खर्ब ६७ करोड ७४ लाख ५० हजार आन्तरिक ऋण उठाएको छ । सरकारले बजेट घाटा पूरा गर्न अरू स्रोत जुटनउन कठिन परेपछि आन्तरिक ऋण उठाएर भए पनि बजेट घाटा पूर्ति गर्ने प्रक्रिया थालेको हो । सरकारको बजेट घाटा पूर्ति गर्ने मुख्य स्रोत राजस्व हो । यो आर्थिक वर्षको ९ महिनाको अवधिमा राजस्व लक्ष्यको ६७ दशमलव ९२ प्रतिशत मात्र उठ्न सकेको छ । आन्तरिक ऋण उठाएपछि अब सरकारलाई खर्च चलाउन सजिलो पर्ने भएको छ । आर्थिक वर्षको ९ महिनामा उठाएको यो आन्तरिक ऋण पूरै ऋणको ९३ दशमलव ५७ प्रतिशत हो ।

यो आर्थिक वर्षमा सरकारले १ खर्ब ४५ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेकोमा अब मात्र ९ अर्ब ३२ करोड २५ लाख ५० हजार आन्तरिक ऋण उठाउन पाउनेछ । अर्थ मन्त्रालयका अनुसार कुल १ खर्ब ३५ अर्ब ६७ करोडमध्ये सरकारले ७२ अर्ब रुपैयाँ विकास ऋणपत्रबाट उठाएको हो । ट्रेजरी बिल्सबाट सरकारले ६३ अर्ब ५ करोड ८६ लाख ८० हजार, नागरिक बचतपत्रबाट ५८ करोड १५ लाख ९० हजार र वैदेशिक रोजगार बचतपत्रबाट ३ करोड ७१ लाख ८० हजार रुपैयाँ उठाएको छ।

चालु बजेटमा स्थानीय तहका लागि २ खर्ब २५ अर्ब रुपैयाँको व्यवस्था गरिएको छ । आर्थिक वर्षको प्रत्येक चौमासिकको सुरुमा ७५ अर्ब रुपैयाँ स्थानीय तहमा हस्तान्तरण गर्ने बजेटमा उल्लेख छ । सरकारले चालु आवको साउन १ र मंसिर १ गते स्थानीय तहलाई ७५–७५ अर्ब रुपैयाँ हस्तान्तरण गरिसकेको छ। चैत १ गते अन्तिम किस्ता ७५–७५ अर्ब रुपैयाँ ७ सय ५३ स्थानीय तहलाई हस्तान्तरण गरिएको छ।

नेपली अर्थतन्त्रको विशेष स्रोतका रुपमा लिइने रेमिटेन्सको वृद्धिदर पनि यो वर्ष खुम्चिएर गएको छ । स्रोत व्यवस्थापन गर्न नसक्दा चालु आवको बजेट करिब डेढ खर्ब रुपैयाँ घाटामा चलेको छ । अर्को, नेपालले बजेट घाटा पूर्ति गर्न वैदेशिक सहयोग तथा ऋण लिने गरेको छ । सरकारले वैदेशिक सहयोग वा ऋणको दुवै हिस्सा अति थारै मात्र खर्च गरिरहेको छ । आर्थिक वर्षको ८ महिनाको अवधिमा सरकारले १७ प्रतिशत मात्र खर्च गर्न सकेको छ । अर्थ मन्त्रालयका अनुसार यो आर्थिक वर्षको फागुन मसान्तसम्म सरकारले ४९ अर्ब ८८ करोड ८१ लाख रुपैयाँ मात्र खर्च गरेको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ