आइपिएलमा बेंगलुरु माथि मुम्बइको जित

2018-04-18

मुम्बई: मुम्बई इन्डियन्सले इन्डियन प्रीमियर लिग (आईपीएल) को ११ औँ संस्करणमा मंगलवार आफ्नो पहिलो जित दर्ता गराएको छ।

प्रतियोगिताको १४ औँ भिडन्तका क्रममा मुम्बईले रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) लाई ४६ रनले पराजित गरेको हो ।

मुम्बई इन्डियन्सले‌ पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ गुमाउँदै २१३ रन बनाएको थियो । जवाफमा आरसीबी २० ओभरमा ८ विकेट गुमाउँदै १६७ रनमै समेटियो ।

मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा प्लेयर अफ द म्याच भए। उनले ९४ रन बनाए। आरसीबीका लागि यस म्याचमा ९२ रनको योगदान दिए । यो खेलबाट आरसीबी कप्तान विराट कोहली आईपीएलमा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान बने ।

विराटले आईपीएलमा अब ४६१९ बनाएका छन् । यसभन्दा अघि सुरेश रैनाले ४,५५८ रनसहित सर्वाधिक रनको कीर्तिमान राखेका थिए ।

मुम्बई इन्डियन्सले सुरुवाती दुई बलमै दुई विकेट गुमाएर पनि जित दर्ता गराएको हो । उमेश यादवले पहिलो बलमै सूर्य कुमार यादवलाई बोल्ड गरे । अर्को बलमा ईशान किशनलाई पनि बोल्ड गरिदिए ।

त्यसपछि रोहित शर्मा र इवेन लुइसले मोर्चा सम्हाले । दुवैले तेस्रो विकेटका लागि १०८ रनको साझेदारी गरे । लुईसले २६ बलमा अर्धसतक बनाए । उनी ४२ बलमा ६५ रन बनाएर आउट भए। उनले आफ्नो पारीमा ६ चौका र ५ छक्का लगाए।

हिजोको खेलमा दुवै टिमका कप्तान शतक बनाउन चुके । रोहितले ९४ र विराटले ९२ रन बनाउँदै आउट भए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ