माओवादीद्वारा श्रृंखलाबद्ध विष्फोट, दुई सुरक्षाकर्मीको मृत्यु

2018-04-10

नयाँदिल्ली - भारतमा माओवादी विद्रोहीहरूले मंगलबार बिहानै गरेको शृंखलावद्ध विस्फोटमा भारतीय अर्धसैनिक बल डिआरजीका दुई जवानको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

विद्रोहीहरूले १४ अप्रिलमा प्रस्तावित प्रधानमंत्री मोदीको भ्रमणको विरोधमा सैनिक जवानहरू रहेको बसमा विस्फोट गराएका थिए। छत्तीसगढ राज्यको बीजापुर जिल्ला अन्तर्गत कुटरु र फरेसगढबीच राजमार्गमा यो विस्फोट गराइएको हो।

घाइते सैनिकमा तीनको हालात गम्भीर बताइएको छ । यस अघि सोमवार मात्रै पनि महादेव घाट जिल्लामा गरिएको यस्तै विस्फोटमा सर्च अप्रेसनमा निस्केको सेंट्रल रिजर्भ पुलिस फोर्सका एक जवान घाइते भएका थिए ।

समाचारहरूमा जनाइए अनुसार विस्फोट पछि विद्रोहीहरूले बन्दुक पड्काएका थिए। घाइते जवानहरूको बीजापुर स्थित अस्पतालमा उपचार भइरहेको छ। घटनास्थल प्रदानमंत्री मोदीको कार्यक्रमस्थल भन्दा ६५ किलोमिटर र बीजापुर जिल्ला सदरमुकाम भन्दा पाँच किलोमिटर टाढा रहेको छ। घटनाका कारण उहिले उक्त क्षेत्रको आवागमन रोकिएको छ र उक्त क्षेत्रमा दोहोरो भिडन्त जारी छ।

विगत तीन महिनामा सरकारी सुरक्षा फौज र माओवादी विद्रोहीहरूबीचको भिडन्तमा मावोवादी तरफ ठुलो क्षति भयाएको जनाइएको छ। उनीहरूले बस्तर क्षेत्रमा आक्रमण जारी राख्ने चेतावनी दिएका छन्। एजेन्सी




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ