पाँच लाख धरौटीमा छुटे द्वन्द्व निर्देशक राजेन्द्र खड्गी

2018-04-09

काठमाडाैं - द्वन्द्व निर्देशक तथा खलनायक राजेन्द्र खड्गी थुनामुक्त भएका छन् । उनीमाथि लागेको मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्धाको सुनुवाई उच्च अदालत पाटनले धरौटी लिएर रिहा गर्न आदेश दिएको छ । उच्च अदालतले तोकेको पाँच लाख रुपैयाँ धरौटी बुझाएर उनी आइतबार नै थुनामुक्त भएका हुन् । मानव बेचबिखन तथा ओसारपसार अभियोगमा उनलाई काठमाडौं जिल्ला अदालतले गत १८ फागुनमा थुनामा राखेर मुद्धाको सुनुवाई अघि बढाउन आदेश दिएको थियो ।

जिल्ला अदालतको सो आदेशविरुरुद्ध खड्गीले उच्च अदालत पाटनमा पुनरावेदन (१७ नम्बर निवेदन) दर्ता गराएका थिए । सो पुनरावेदनको सुनुवाईपछि उच्च अदालतका न्यायाधीशद्वय विनोदमोहन आचार्य र अनन्तराज डुम्रेको इजलासले थुनामा राखेर मुद्धा सुनुवाई गर्ने जिल्ला अदालतको आदेश बदर गर्दै धरौटीमा छाड्ने आदेश गरेको हो ।

एउटा वृत्तचित्र निर्माण गर्ने र त्यसका लागि सांस्कृतिक कार्यक्रम गर्ने भन्दै दक्षिण कोरियामा लगेर १२ जना नेपालीलाई छाडेको आरोप खड्गीमाथि लागेको थियो । ती व्यक्तिसँग उनले मोटो रकम लिएको आरोपमा जेल जानु परेको थियो ।

खड्गीले आफ्नो मुलुकमा मानिस छाडेर आएको भन्दै उनीविरुद्ध काठमाडौंस्थित दक्षिण कोरियाली राजदुतावासले उजुरी दिएपछि केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो ।

दक्षिण कोरियामा लुकेकाहरु आफ्नो वृत्तचित्रका निर्माता भएको र उनीहरुले वृत्तचित्रमा लगानी गरेको तर उनीहरुसँग आफूले विदेश लैजान पैसा नलिएको खलनायक राजेन्द्र खड्गीले बताउँदै आएका थिए ।

 

राजधानीबाट




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ