लेगानेस माथि मेस्सीको ह्याट्रिक

2018-04-08

 एजेन्सी - स्टार स्ट्राइकर लियोनल मेस्सीको ह्याट्रिकको मद्दतमा स्पेनिस ला लिगाका लिडर बार्सिलोनाले अपराजित यात्राको कीर्तिमानमा बराबरी गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले लेगानेसलाई ३–१ ले हरायो ।

बार्सिलोनाका लागि तीनै गोल मेस्सीले गरेका हुन् । बार्सिलोना ला लिगामा यो सिजनका ३१ तथा गएको सिजनका पछिल्ला सात गरी लगातार ३८ खेलमा अपराजित छ ।

यो ला लिगामा कुनै पनि क्लबले लगातार अपराजित यात्रा तय गरेको कीर्तिमानसँग बराबरी हो । बार्सिलोनाले ला लिगामा लगातार ३८ खेलमा अपराजित रहँदै रियल सोसिडाडले ३८ वर्ष अघि बनाएको कीर्तिमानसँग बराबरी गरेको हो ।

रियल सोसिडाडले सन् १९७८–७९ र १९७९–८० को सिजनमा गरी लगातार ३८ खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो । यो कीर्तिमानसँग बराबरी गरेको बार्सिलोना अब सिजनका सबै खेलमा अपराजित रहँदै नयाँ कीर्तिमान बनाउने ध्यानमा छ ।

त्यसका लागि उसले अब यो सिजन लिगमा बाँकी रहेका सात खेलमा हार बेहोर्नु हुँदैन । अबको एक खेल मात्रै जितेमा वा बराबरी गरेमा उसले लिगमा लगातार धेरै खेलमा अपराजित रहने कीर्तिमान भने पक्का गर्ने छ ।

घरेलु मैदानमा भएको खेलमा मेस्सीले २७ र ३२ औँ मिनेटमा गरी पहिलो हाफमा दुई गोल गरे । लेगानेसका लागि ६८ औँ मिनेटमा एल जहारले एक गोल फर्काए । मेस्सीले ८७ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । उनको यो खेल जीवनको ४५ औँ ह्याट्रिक हो ।

जितपछि शीर्ष स्थानको बार्सिलोनाको सात खेल बाँकी हुँदा ७९ अंक भएको छ । उ एक खेल कम खेलेको दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा १२ तथा तेस्रो स्थानको रियल मड्रिड भन्दा १६ अंकले अघि रहेको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ