अमेरिका-रूस तनाव उत्कर्षमा

पुटिनका ज्वाइँ सहित १७ जनालाई अमेरिकाको यस्तो प्रतिबन्ध

2018-04-07

काठमाडौं - पछिल्ले समय अमेरिका र रूसका बिचमा तनाव बढिरहेका बेला अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका ७ वरिष्ठ र निकट अधिकारीहरुसहित १७ जनालाई प्रतिवन्ध लगाउने निर्णय गरेको छ । अमेरिकाले रुसका उच्च वर्गसँग सम्बन्धित १२ कम्पनी, सरकारी हतियार निर्यात गर्ने कम्पनी र एक बैंकलाई पनि प्रतिवन्ध लगाएको छ ।

अमेरिकाले रुसी राष्ट्रपति पुटिका बडिगार्ड, उनका ज्वाइँ, राष्ट्रपतिका निकट सहयोगी र उनको नियन्त्रणमा रहेका केही कम्पनीहरुलाई प्रतिवन्ध लगाएको हो । यी सबैमा ‘पूरा विश्वभर हानिकारक गतिविधि गरेको’ आरोप लगाइएको छ ।

ह्वाइट हाउसका प्रवक्ता सारा सेन्डर्सले भ यी प्रतिबन्धको मतलव अमेरिकाले रुससँग आफ्नो सम्बन्ध तोडेको भने नभएको प्रतिक्रिया दिइन् । उनले भनिन्, आज जुन प्रतिबन्ध लगाइएको छ र जुन प्रशासनिक कदम चालिएको छ, त्यसमा संसदको स्वीकृतिलाई पनि ध्यान दिइएको छ । हामीले रुसी सरकारसँग सकारात्मक सम्बन्ध चाहान्छौं तर यो तब हुन्छ जब उसको पनि व्यवहार प्ररिवर्तन हुन्छ ।’
यता अमेरिकाको तर्फबाट लगाइएका प्रतिबन्धको जवाफमा रुसले पनि कडा कदम चाल्ने धम्की दिएको छ । रुसी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरेर यस प्रकारका दबावको सामू रुस नझुक्ने स्पष्ट पारेको छ । रुसी विदेश मन्त्रालयले अमेरिकाको कदमलाई मुर्खतापूर्ण भनेको छ । यसबाट दुई देशबीचको आर्थिक सम्बन्ध नराम्रो हुने रुसको चेतावनी छ ।

बीबीसीका अनुसार अमेरिकाले रुसी राष्ट्रपति पुटिनविरुद्ध हालसम्मकै सबैभन्दा आक्रामक कदम उठाएको छ । अमेरिकाले जुन व्यक्तिहरुलाई प्रतिबन्ध लगाएको छ त्यसमा सुलेमान करीमोवका नाम पनि छ । यी रुसका सबैभन्दा धनाड्य व्यक्तिमध्येका एक हुन् । उनी रुसमा सबैभन्दा ठूलो सुन उत्पादक हुन् । गत महिनामा अमेरिकाले १९ रुसी नागरिकलाई प्रतिबन्ध लगाएको थियो । त्यसपछि रुस र ब्रिटेनबीच जारी राजनीतिक गतिरोधमा अमेरिकाले ब्रिटेनको साथ दिँदै रुसी कुटनीतिज्ञहरुलाई पनि निस्कासित गरिदिएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ