2023-10-08 |
घलेम्दी हाइड्रोपावरले चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ बराबर २ शेयरको अनुपातमा हकप्रद जारी गर्न स्वीकृति प्रदान गरेको हो।
कम्पनीले यसअघि नै विद्युत नियमन आयोगबाट हकप्रद जारी गर्ने अनुमति पाइसकेको थियो।
कम्पनीले सांग्रिला उर्जा प्रा.लि.द्वारा प्रवर्द्धित संखुवासभामा रहेको छुजुङ्ग खोला जलविद्युत आयेजनामा कम्तिमा ५१ प्रतिशत शेयर कायम हुनेगरी लगानी गर्न १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले सो प्रयोजनार्थ हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगमा आवेदन दिने र निर्णय गरेको थियो। आयोगबाट अनुमति पाएपछि कम्पनीले धितोपत्र बोर्डसँग अनुमति मागेको थियो।
घलेम्दी हाइड्रोको नवौं वार्षिक साधारण सभाले १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ।
काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले ५० र ४५० केजीका ग्याँस सिलिण्डर बजारमा बिक्री वितरणमा रोक लगाउन सरकारलाई निर्देशन दिएको छ ।सोमबार बसेको संसदीय ...
धनुषा । जनकपुरधामको रामानन्द चोकमा रहेको जनकपुर बिग मार्टमा गए राति आगलागी हुँदा करोडौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ ...
यस साता नेप्से परिसूचक करिब ३ प्रतिशत घटेको छ। गत साता १९९०.५९ विन्दुमा बन्द भएको नेप्से, यस साता २.९२ प्रतिशत अर्थात ५८.१४ ...