डिजेल चोरीमा संलग्न डिपो प्रमुख दास सहित ४ जना माथी मुद्दा दायर

डिपो प्रमुख दास अझै सम्पर्कविहिन,निगम उच्च पदस्थ अधिकारीले भारत भगाएको आशंका

2023-09-09

पोखरा, २३ भदौं । डिजेल चोरीमा संलग्न नेपाल आयल निगम लिमिटेड गण्डकी प्रादेशिक कार्यालयका निलम्बित डिपो प्रमुख चित्तरंजन दास सहित पश्चिमाञ्चल ट्रेडर्सका सञ्चालक तथा ट्यांकर धनी बाबुराम जम्मरकट्टेल सहित अन्य आरोपी उपर जिल्ला अदालत कास्कीमा ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा मुद्दा दायर भइ शुक्रवार देखि थुनछेक बहस शुरु भएको छ। आरोपी तत्कालिन डिपो प्रमुख चितरञ्जन दास भने हालसम्म फरार नै छन् भने दासका प्रतिनिधिको रुपमा हाल पोखरामा ३-४ जना व्यक्ति पुगी प्रहरी,प्रशासन र न्यायालय हामी मिलाउछौ र जसरी पनि मुद्दा जित्ने भन्दै सकृय रहेको निगमका एक कर्मचारीले बताए।

नेपाल आयल निगमको प्रादेशिक कार्यालय गगनगौडा डिपो पोखराबाट तत्कालिन कार्यालय प्रमुख दास र पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको पश्चिमाञ्चल ट्रेडर्स डाँडाकोनाकका सञ्चालक जम्मरकट्टेल मिलेर डिजेल चोरी गरेका थिए । यस घटनामाा प्रहरीले गण्डकी धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएशनका कार्यालय सचिव ५१ वर्षीय जगन्नाथ ढुङ्गाना र ट्याकरका चालक २८ वर्षीय निर्मल थापालाई साउन २९ गते नैं प्रहरीले पक्राउ गरेको थियो ।

गत साउन २५ गते कार्यालय प्रमुख दास र व्यापारी जम्मरकट्टेल मिलेर डिपोबाट १२ हजार लिटर डिजेल खरिद गरेर पश्चिमाञ्चल ट्रेडर्समा लैजाँदैं गर्दा जिल्ला प्रशासन कार्यालय कास्कीको टोलीले ट्यांकरसहित चालकलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय हंसपुरमा लगेर चेकजाँच गरेको थियो ।चेक जाँचका क्रममा बिलमा उल्लेख भए भन्दा ३ हजार लिटर बढि डिजेल मिलेमतोमा चोरी गरी ल्याईएको भेटिएको थियो।दासको मिलेमतोमा पेट्रोलियम पदार्थको चोरी निकासी भएको भन्ने निगमको कार्यालयबाट प्राप्त भएको विश्वस्त सुचना अनुसार नै जिल्ला प्रशासन कार्यालयले नियमित रुपमा निगरानी गरी रहेको थियो।

प्रहरीले डिजेल चोरीमा संलग्न दुवैजनालाई पक्राउ गर्नका लागि साउन ३० गते नै पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएलगत्तै फरार रहेका व्यापारी जम्मरकट्टेल भदौं १४ गते आफैं प्रहरीकोमा पुगे लगत्तै जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको थियो।

लेखनाथ उद्योग वाणिज्य संघको दुई कार्यकाल अध्यक्ष भईसकेका जम्मरकट्टेल लेखनाथ जेसिजका संस्थापक अध्यक्ष समेत हुन्।त्यसैगरी उनी नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशनको केन्द्रीय सदस्य समेत रहेका छन् ।

डिजेल चोरीमा संलग्न व्यापारी जम्मरकट्टेलको पेट्रोल पम्पमा निगमले साउन २६ गतेदेखि नैं तेल ढुवानी रोकिदिएको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताए। घट्नापछि जिल्ला प्रशासन कार्यालय कास्कीले घट्ना भ्रष्टाचार निवारण ऐनसँग सम्बन्धित रहेको भन्दै आवश्यक कारबाहीको लागि साउन २६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरामा पत्र पठाएको थियो । अख्तियारसँगैं हंसपुर प्रहरीले पनि अनुसन्धान सकी राय सहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो।

हंसपुरका प्रहरी प्रमुख डिएसपी प्रकाश दाहालका अनुसार जिल्ला प्रशासनको पत्रपछि कार्यालयले प्रारम्भिक अनुसन्धान सकेर साउन २९ गते मुलुकी अपराध संहिता २०७४ परिच्छेद २१ को दफा २५२ बमोजिमको कसुर अन्तर्गत अपराधिक विश्वासघात (ठगी) शिर्षकमा जिल्ला अदातल कास्कीमा मुद्दा दर्ता गरी अनुसन्धान प्रारम्भ गरेको थियो।

प्रहरीले मुद्दा दर्ता गरेपछि अदालतले साउन ३० गते नैं चोरी तथा ठगीमा संलग्न चारैजनालाई पक्राउ गर्न अनुमति दिएको थियो । अदालतबाट पक्राउ पुर्जी जारी भएसँगैं साउन २९ गते कार्यालय सचिव ढुंगाना र ट्यांकर चालक थापालाई पक्राउ गरिएको थियो । फरार दास कता छन् भन्नेमा हालसम्म कुनै जानकारी नरहेको कार्यालय सँग औपचारिक रुपमा कुनै सम्पर्क नभएको प्रवक्ता ठाकुरले बताए। निगम विश्वस्त स्रोतका अनुसार दास र जमरकटे्ल घट्ना पछि करिव एक साता पोखरामै लुकेर बसेका थिए। त्यसपछि सिराहा जिल्ला बाट लिन आएका आफ्ना आफन्त सहित दास सिराहा माडर हुदै भारत तर्फ भागेको स्रोतको दावी छ। डिपो प्रमुख दासलाई प्रहरीले पक्राउ गरे दासले सबै लेनदेनको बिषयको पोल खोलिदिने र विवरण समेत सार्वजनिक हुने डरले दासलाइ लुकाउन र प्रहरीको पक्राउबाट बचाउन निगम उच्च व्यवस्थापक घटना भए देखि नै सकृय रहेको निगम श्रोतको दावी छ। घटनाको सम्पूर्ण दसी प्रमाण वरामद भएको,डिपोको इन्धन घटेको विषय समेत प्रमाणित भएको अवस्थामा दासले आफुहरुको समेत नाम लिन सक्ने भयले तत्काल निलम्बन गरी दासलाई भारत भगाइएको हुन् सक्ने निगम श्रोतको दावी छ।       

यसरी हुने गरेको थियो चोरी:

डिपो प्रमुखको रुपमा २०७९ असोज ६ गते पोखरा आएका दासले निजी पम्प तथा ट्यांकरहरुका धनीहरुसँग मिलेर केही कम मूल्यमा चोरीमा पेट्रोलियम पदार्थ दिने र सिधैं नगदैं पैसा बुझ्ने काम गर्दै आईरहेका थिए।यो विषयमा डिपो कैं कर्मचारीहरुले डेढ महिना अघि नै जिल्ला प्रशासन कार्यालय कास्की र नेपाल आयल निगम केन्द्रीय कार्यालयमा समेत जानकारी दिएका थिए।केन्द्रीय कार्यालयमा निज दासलाइ एक नायव कार्यकारी निर्देशकले संरक्षण गर्दै आएको र निजको हरेक गलत कामकारवाहीको ढाकछोप गर्दै आएको निगमका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा बताए।

चित्तरंजन दासले पेट्रोलियम पदार्थको वार्षिक नोक्सानी लक्ष्य दुरुपयोग गरी पेट्रोलियम पदार्थको हिनामिना गरेको बिषयमा केन्द्रीय कार्यालयले हालका डिपो प्रमुख अभिषेक ठाकुरको संयोजकत्वमा हाल दाङ शाखा कार्यालयका कार्यालय प्रमुख उपेन्द्र सुवेदी सदस्य रहेको कमिटि गठन गरिएको थियो।उक्त कमिटिले करिब ७ दिन सम्म पोखरा डिपोमा नै बसेर पेट्रोलियम पदार्थको विक्री वितरण र डिप लिने प्रक्रिया गर्दा डिपोको लस ७ दिनमै आंशिक रुपमा नियन्त्रणमा आएको निगम श्रोतको दावी छ।

निगम श्रोतका अनुसार उक्त कमिटि फर्किए पछि पुन: डिपोको लसको ग्राफ उकालो लागेको थियो।सो बिषयमा निगमका कार्यकारी निर्देशक लगायत व्यवस्थापकलाई थाहा थियो तर नायव कार्यकारी निर्देशकको संरक्षण रहेकोले कार्यकारीले समेत केही गर्न सक्ने अवस्था भएन। नायव कार्यकारी निर्देशकले नै दासलाइ अहिले चलाउन नहुने भनी संरक्षण गरेकै कारण हालको घटना हुन् पुगेको निगम श्रोतको दावी छ। दासले डिपोमा तेल चोरेको पैसा मासिक रुपमा केन्द्रीय कार्यालयमा उच्च अधिकारीहरुलाई मासिक रुपमा बुझाउदै आएको निगम श्रोतको दावी छ। तह अनुसार उच्च व्यवस्थापक, केही निर्देशक र ट्रेड युनियन पदाधिकारी सम्म नगद र कोसेली पुर्याउने गरेको श्रोतको दावी छ।   

कार्यालय प्रमुख दासले ट्यांकरमा डिप गर्ने जिम्मा पाएका अन्य कर्मचारीहरुलाई पनि अविश्वास गर्दै आफै विल बनाउने, गेट पास दिनेदेखि डिप गर्नेसम्म सबै काम एक्लैंले गर्दै आईरहेका थिए।हाल चोरीमा संलग्न रहेको आरोपमा व्यापारी जम्मरकट्टेल समातिए पनि यो धन्दामा धेरै पेट्रोल पम्प सञ्चालक र ट्यांकर धनीहरुको मिलेमतोमा धन्दा हुँदैं आईरहेको थियो।

यस बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले प्रहरीले दायर गरेको मुद्दा बमोजिम र डिपोमा दास लगायत अन्य कर्मचारीहरुको मिलेमतोमा भएको भ्रस्टाचार सम्बन्धमा छुट्टै प्राप्त उजुरी सम्बन्धमा अनुसन्धान गरीरहेको जनाएको छ।  




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ