संसदीय समितिमा परराष्ट्रमन्त्रीले भने: प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डा फाइनल भएका छैनन्

2023-09-09

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका कुनै पनि एजेन्डा अन्तिम चरणमा नपुगेको बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बिहान बसेको बैठकमा बोल्दै परराष्ट्रमन्त्री साउदले यस्तो जानकारी दिएका हुन्  ।

भ्रमणको ठूलो सूची बनाउने भन्दा पनि कार्यान्वयनमा जानसक्ने कामका प्रस्तावलाई प्राथमिकता दिने पनि उनले पनि प्रष्ट पारे । ‘अर्थ मन्त्रालयमार्फत विभिन्न मन्त्रालयका प्रस्ताव आउने क्रम जारी छ । ठूलो सूची बनाउने भन्दा पनि कार्यान्वयनमा जान्सक्ने कामका प्रस्तावलाई प्राथमिकता दिने भनेका छौँ । अहिले कुनै एजेन्डा फाइनल स्टेजमा पुगिसकेका छैनन् ।’ उनले भने । 

प्रधानमन्त्री प्रचण्ड आगामी अक्टुबर ४ तारिखमा न्यूयोर्क जाने, २२ तारिखसम्म न्यूयोर्कमा रहने र २३ तारिखमा चीन भ्रमणका लागि प्रस्थान गर्ने छन् ।भ्रमणका लागि सबै मन्त्रालयका सचिव, पूर्वपरराष्ट्र मन्त्री र राजदूतहरुलाई बोलाएर भ्रमणका एजेण्डाबारे आफूले र परराष्ट्र सचिवले छलफल तथा तयारी गरिरहेको परराष्ट्रमन्त्री साउदले जानकारी दिए ।

उनले विभिन्न समझदारी पत्र र सम्झौताका ड्राफ्ट तयार भरहेको जानकारी दिँदै उनले भने, ‘अहिले पनि एजेन्डाको तयारी भैरहेकाले घोषणाका विषय सार्वजनिक गर्न हतार हुन्छ । निश्चित समयमा हामी गर्ने नै छौं।’




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ