नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनको चौथो परिषद बैठक गोदावरीमा सम्पन्न

2023-08-27

भदौ १०, काठमाडौ । नेपाल आयल निगममा कृयाशील रहेको नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनको चौथो परिषद् बैठक गोदावरीमा सम्पन्न भएको छ । शनिबार सम्पन्न परिषद् बैठकले निगमका कर्मचारीको हकहित, वृत्ति विकास र आयल निगमको संस्थागत विकास सन्दर्भमा विभिन्न निर्णयहरु गरेको छ ।

परिषद्को उदघाटन नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रिय अध्यक्ष योगेन्द्र कुमार कुँवरले गर्नु भएको थियो । उहाँले श्रमिक कर्मचारीहरुको हकहित संरक्षण गर्दै रोजगारदाता संस्थाको संस्थागत विकास एवं आर्थिक अनुशासनको पक्षमा आवाज उठाउनु नै ट्रेड युनियनको धर्म रहने बताउनु भयो ।

यसैगरी ट्रेड युनियन कांग्रेसको अबको बाटो संगठन विस्तार र सशक्तीकरण रहेकोले सार्वजनिक संस्थाहरुमा सफल युनियन निर्माणमा लाग्नुपर्ने बताउनुभयो । ट्रेड युनियन कांग्रेसका महासचिब अजय कुमार राईले बिगत देखि नै स्वतन्त्र कर्मचारी युनियनले निगममा संस्थागत सुधारको पक्षमा आवाज उठाउदै आएकोले आगामी दिनमा पनि यहि रुपमा युनियन अगाडी बढ्न सुझाव दिनुभयो । 

नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनका केन्द्रिय अध्यक्ष बिकाश बखतीले युनियन कसैको प्रभाव र दवाबमा नपरी संस्थागत सुधार र कर्मचारीको वृति विकासमा सधै बिगतमा झै लागि रहने बताउनुभयो । आधिकारिक ट्रेड युनियनको रुपमा कृयाशील रहेको तत्कालिन समयमा युनियनले कर्मचारीहरुको हक हितमा व्यापक काम गरेको,निगमको प्रचलित कर्मचारी प्रशासन विनियमावलीको समय सापेक्षिक संसोधन मार्फत कर्मचारीहरुको वृति विकासका लागि विभिन्न कानुनी व्यवस्था गरेको र तत् पश्चात निगममा आम कर्मचारीको पक्षमा कुनै उल्लेखनिय काम नहुनु दुखद रहेको बताउनु भयो। निगमको संस्थागत विकासमा युनियन सदैव अग्रपंक्तिमा रही कार्य गरेको र आगामी दिनमा समेत युनियन लागी पर्ने बताउनु भयो । युनियनले कुनै अमुक ट्रेड युनियनलाई अनावश्यक आरोप र प्रत्यारोप नलगाउने र अन्य ट्रेड युनियनले व्यक्ति र नेतृत्वलाई अनावश्यक आक्षेप लगाउने काम नगर्न अनुरोध गर्नुभयो   

युनियनका महासचिब सन्दिप बरालले बिगतमा युनियनले संस्थागत सुधार र कर्मचारीको सेवासुबिधा थपको लागि गरेका कामको स्मरण गर्नु हुँदै युनियनको आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । साथै उहाले युनियनको नेतृत्वमा निगमका आम कर्मचारीहरुको पक्षमा भएका निर्णयहरु सबै कर्मचारीलाई अवगत गराउन उपस्थित सम्पूर्ण प्रतिनिधिहरुलाई अनुरोध गर्नुभयो।    

त्यसैगरी युनियनका केन्द्रीय सल्लाहकार दीपक प्रसाद घिमिरेले नवीकरणीय उर्जाको बढ्दो प्रयोगले भबिष्यमा निगमको व्यापारमा चुनौती सृजना हुने हुदा तत्काल नै निगमले व्यापार विविधिकरणको क्षेत्रमा लगानी गर्न आवश्यक क्षेत्र पहिचान गरी अघि बढाउँन युनियनले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनु भयो। पेट्रोलियम पदार्थ आयात र विक्री वितरणको तथ्याँक प्रस्तुत गर्दै हाल एकाधिकारको व्यापार गरीरहेको निगम समय सापेक्षिक रुपमा सबल हुदै थप प्रतिष्पर्धात्मक रुपमा अघि बढ्नु पर्ने बताउनु भयो। उहाले निगमको नीति तथा कार्यक्रमको तर्जुमामा ट्रेड युनियनको भूमिका नहुनु र निगमको व्यवसायीक योजना र भावी कार्यदिशा अस्पष्ट रहदा समेत पूर्वाधार विकासका नाममा अर्बौ रकम लगानी गर्न उपर्युक्त रहे नरहेको बिषयमा बहस हुनुपर्ने बताउनु भयो। विश्वव्यापी रुपमा क्रमिक रुपमा जिवाश्म इन्धनको प्रयोग घट्ने र नवीकरणीय उर्जा प्रवर्दनमा जोड दिइएको वर्तमान अवस्थामा निगमले दिर्घकालिन योजना बनाएर मात्रै अर्बौ लागतका आयोजना अघि बढाउँनु पर्ने र सो बिषयमा युनियनको स्पष्ट धारणा सार्वजनिक गरिने बताउनु भयो। निगमका ठुला पूर्वाधार निर्माणमा लाभ लागत विश्लेषण गरेर मात्र लगानी गर्न उपर्युक्त हुने हुदा सो सम्बन्धमा निगम व्यवस्थापनको ध्यान जानुपर्ने बताउनु भयो। 

उहाले निगममा विभिन्न विज्ञापन बाट निगमको सेवा प्रवेश गरेका नया कर्मचारीहरु र कार्यरत कर्मचारीहरुको निगमको काम कारवाही र पद सँग सम्बन्धित तालिम नियमित प्रदान गर्ने बिषयमा युनियनले माग गरेको र तालिम कार्यक्रम वार्षिक रुपमा नियमित सन्चालन गरी कर्मचारीहरुको क्षमता विकास गरिनुपर्ने बताउनु भयो ।  साथै उहाले बोनस ऐन बमोजिम कानुनले निर्दिष्ट गरेको बोनसको अधिकार कसैको निगाह नभएको र कर्मचारीले कानुन सम्मत बोनस खान पाउनुपर्ने बिषयमा युनियनले नेतृत्वदायी भूमिका निर्वाह गरी कानुन बमोजिमको अधिकार प्राप्तीको लागि डटेर लाग्ने बताउनु भयो। 

उक्त बैठकमा केन्द्रीय सदस्य रामचन्द्र पाण्डे,लोकराज तिमिल्सिना लगायतले मन्तव्य राख्दै युनियनले भ्रष्ट कर्मचारीहरुलाई कानुन बमोजिम कारवाही गर्ने निकायमा बुझाउन सक्ने सामर्थ्य राख्नुपर्ने बताउनु भयो। केन्द्रीय सदस्य तिमिल्सिनाले "कुनै  अमुक डिपोमा हाम्रो कोटामा पठाईएको भन्ने तर गल्ती गर्दा दुलोमा पस्ने प्रवृति देखिएको" भन्दै भ्रष्टलाई कारवाहीको आवाज उठाउने ट्रेड युनियन बन्न सुझाब दिनुभयो। त्यस्तै केन्द्रीय सदस्य रामचन्द्र पाण्डेले निगममा व्यवस्थापनको स्वेछाचारिता बढ्दै गएको,निगमको सुचनामा आम कर्मचारीहरुको पहुच नभएको,निगमका कर्मचारीहरुले सुचना पाउनु भन्दा अगाडी नै विभिन्न पत्रपत्रिकालाई सुचना उपलब्ध गराउने गरेको र निगमको लेखाप्रणाली कार्यमूलक र व्यवस्थापनमुलक नभएको र कर्मकाण्डी रुपमा गणित मिलाउने किसिमको रहेको,निगमको पूर्वाधारको लगानी आवश्यक रहे वा नरहेको सम्बन्धमा कुनै अध्ययन नभएको भन्दै यी गतिविधिले संस्थाको हित नहुने बताउनु भयो।    

उक्त परिषद बैठकमा केन्द्रीय सल्लाहकार मनोज कुमार ठाकुर,प्रलयंकर आचार्य,नवराज पोखरेल लगायत  देश भरका ९० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 




थप समाचार


आजको मौसम : पहाडमा वर्षा, तराईमा हावाहुरी

आजको मौसम : पहाडमा वर्षा, तराईमा हावाहुरी

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले कोशी,मधेश र बामगती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली ...

सामाजिक सद्भावको पक्षमा उभिन धरानबासीलाई प्रधानमन्त्रीको अपिल

सामाजिक सद्भावको पक्षमा उभिन धरानबासीलाई प्रधानमन्त्रीको अपिल

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकाल दाहाल प्रचण्डले समाजिक एकता र सद्भावको पक्षमा उभिन धरानबासीलाई अपील गरेका छन् ।  शनिबार वक्तव्य जारी गर्दै प्रधानमन्त्री प्रचण्डले धरानबासीलाई यो अपिल ...

शरणार्थी ठगी प्रकरण : उजुरीकर्ताको सङ्ख्या बढ्दै, लेनदेनको अडियो प्रहरीमा

शरणार्थी ठगी प्रकरण : उजुरीकर्ताको सङ्ख्या बढ्दै, लेनदेनको अडियो प्रहरीमा

काठमाडौँ - नक्कली परिचयपत्र बनाएर अमेरिका जान पाउने आशामा ठगिनेहरूको सङ्ख्या बढ्दै छ । ठगीमा संलग्न मोरङ घर भएका केशव दुलालसहित ४ जना पक्राउ परेसँगै ...




ट्रेन्डिङ