2023-05-08 |
काठमाडौँ - राजधानीका अव्यवस्थित तारको व्यवस्थित गर्ने काम आजदेखि सुरु हुने भएको छ । सोमबारदेखि राजधानीको न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्न लागिएको हो ।
काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीच आइतबार भएको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको थियो । यसअघि काठमाडौँ महानगरपालिकाले १५ दिनको समय दिएर वैशाख २७ भित्र तार व्यवस्थापन नगरे काटिदिने सूचना सार्वजनिक गरेको थियो ।
महानगरको उक्त सूचनापछि इन्टरनेट सेवाप्रदायकले तार काटिए सेवा ‘ब्ल्याक आउट’ नै गर्न चेतावनी दिएका थिए । दूरसञ्चार प्राधिकरणले आइतबार मात्रै सूचना जारी गरेर इन्टरनेट अत्यावश्यक सेवा भएको यसको पूर्वाधारमा क्षति पुग्ने काम नगराउन अनुरोध गरेको थियो । आइतबार भएको बैठकले राजधानीका विभिन्न क्षेत्रमा चरणबद्ध रूपमा तार व्यवस्थापन गर्ने निर्णय गरेको इन्टरनेट सेवाप्रदायक सङ्घ (आइस्पान) ले जानकारी दिएको छ । सहमति अनुसार झुन्डिएका तार काट्ने र प्रयोग नभएका ५० प्रतिशत तार हटाइनेछ ।
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...