2023-02-12 |
काठमाडौं - भूकम्पको पीडामा रहेको टर्कीमा लुटपाटका घटना बढ्न थालेका छन् । प्रहरीले लुटपाटमा संलग्न भएको भन्दै हालसम्म ४८ जनालाई पक्राउ गरेको छ ।
गत सोमबार बिहान ७.८ म्याग्निच्युडको भूकम्प जाँदा टर्की र सिरियामा हालसम्म २८ हजार जनाको मृत्यु भइसकेको छ ।
समाचार एजेन्सी अनादोलुका अनुसार लुटपाटका घटनाबारे अनुसन्धानका लागि एक कमिटी गठन गरिएको छ । कमिटीको अनुसन्धानपछि आठ अलग-अलग प्रान्तबाट संदिग्ध ४८ जनालाई पक्राउ गरिएको छ ।
यसअघि टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले लुटपाट लगायतका अपराधमा संलग्नलाई कडा कारबाही गर्न निर्देशन दिएका थिए ।
भूकम्पपछि राष्ट्रपति एर्दोआनले टर्कीका १० प्रान्तमा तीन महिनासम्मका लागि संकटकाल घोषणा गरेका छन् ।
काठमाडौं - आन्दोलनरत चिकित्सक र सरकारबीच आइतबार ६ बुँदे सहमति भएको छ। सहमतिपछि चिकित्सकले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्। माघ २७ गते शुक्रबार राष्ट्रपतिको सवारीका ...
काठमाडौं - टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार गएको भूकम्पमा मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । हजारौं घाइते भएका छन् । टर्कीमा ...
काठमाडौं - लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। मुख्यमन्त्री लीला गिरी नेतृत्वको मन्त्रिपरिषद्ले शनिबार साँझ पूर्णता पाएको हो। मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको ...