2023-01-23 |
भ्वाईस अफ नेपाल सिजन ३ का बिजेता किरण गजमेरको आवाजमा 'केहि सम्झना' बोलको मर्मस्पर्शी गित रिलिज भएको छ। अमेरिका निवासी गजमेर भ्वाईस अफ नेपालको निकै रोचक मानिने राउण्ड 'ब्लाइण्ड अडिसन' मा सुजन चापागाईं र बिध्या तिवारीको 'देखेर तिमिलाई हेरेर तिमिलाई' बोलको गित गाएर आफुलाई सुरुमै दर्शक स्रोताको मनमा बसाल्न सफल भएका थिए।
अहिले बजारमा चल्ती एवं ब्यस्त गायकको रुपमा रहेका गजमेरले स्वर दिएको उक्त गितलाई बहुप्रतिभाशाली व्यक्तित्व चलचित्र निर्देशक विकाश घले गुरुङले लेखन तथा निर्देशन गरेका हुन्। बहु आयामिक व्यक्तित्व गुरुङ अहिलेका चर्चित नृत्य निर्देशक समेत हुन्। उनले अमेरिकामा स्टुडियो समेत संचालन गरिरहेका छन्।
तेक्वान्दोका अन्तराष्ट्रिय खेलाडी, प्रशिक्षक तथा रेफ्रि समेत रहेका गुरुङको लेखकको रुपमा समेत चिनारी छ। उनले 'व्यत्तित्व विकास' सम्बन्धी पुस्तक बजारमा ल्याएका छन्। यस गीतको सम्पादन पनि उनी बहु चिनारी व्यक्तित्व भएका गुरुङले नै गरेका हुन्।
यस गीतमा अन्जु पन्तले गाएको सदाबहार चर्चित गित 'न बिर्से तिमिलाई न पाए तिमिलाई' मा संगीत भरेका चर्चित संगीतकार सन्तोष श्रेष्ठले संगीत भरेका छन्। श्रेष्ठ उपन्यास लेखनमा समेत सक्रिय व्यक्तित्व हुन्।
निर्देशक गुरुङको भिडियो कन्सेप्ट रहेको गीतलाई उनकै कम्पनी रेड ओशियन इन्टरटेनमेन्टले बजारमा ल्याएको हो।
"हिजो भए पनि हामि जहाँ आज भेटियौं हामी यहाँ, आउ केलाउँ केहि संझना भोली हुन्छौं कुन ठाउँ कहाँ...." ओपनिङ्ग रहेको गीतले मान्छेको जीवन चक्रको विभिन्न उमेर चरणमा हुने मायाका रुपहरुलाई देखाउन खोजेको छ। माया र समग्र जीवनमा सफल हुन एक अर्का प्रति सकारात्मक हुन जरुरी रहेको कुरा शब्द रचनाकारले गित मार्फत प्रस्तुत गर्न खोजेका छन्।
भिडियोमा उक्त कुरालाई पुष्टि गर्न ३ खाले परिदृश्यहरुलाई बिम्बको रुपमा प्रस्तुत गरिएको छ। बालापनको साथि बीचको स्नेह, बिछोड अनि मिलन, त्यस्तै युवा अवस्थाको प्रेम अनि वैवाहिक जीवनको ७५ औं वर्षगांठ मनाइरहेका वृद्ध दम्पती ; यी तिन फरक प्रारुपलाई एउटै व्यक्तिको जीवनका विभिन्न कालखण्डमा एक अर्का प्रति हुने प्रेमको रुपमा समेत बुझ्न सकिन्छ ।
गीतको छायाङकन बिशाल ढुंगानाले गरेका हुन् र गीतको संपुर्ण छायाङकन अमेरिकामा गरिएको हो ।
गीतको भिडियोमा रामकृष्ण ढकालको “म हराय” र “कालि” गितबाट चर्चामा आयका मोडल दिपेश ढकालले यसै गितबाट डेब्यु गरेकि रेजिना सुब्बालाई साथ दिएका छन् । रेजिना मेरो डान्सकप सिजन ४ कि टप १० प्रतिस्पर्धि हुन् ।
गत १५ डिसेम्बरमा मैले एउटा फेसबुक स्टाटस पोष्ट गरेको थिएँ । त्यो यस्तो थियो : - "It is right to rebel. It is quite right ...
काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न सबै कुरा दाउमा लगाउने काम आफूले नगरेको दावी गरेका छन्। चितवन पुगेका प्रचण्डले पत्रकारहरुसँग कुरा ...
काठमाडौं - जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पार्टीको संसदीय दलको नेता चयन गरिएको छ। आइतबार काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकले सर्बसम्मतरुपमा दलको नेतामा ...