2023-01-12 |
काठमाडौँ - भ्रष्टाचार ( रिसवत घुस) आरोपमा मुद्दा खेपिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकको मुद्दामा विशेष अदालतले घुस लिने दिने उद्योगमा ठहर हुने फैसला गरेको छ।
मिति २०७९ साल पुष २८ गतेको अध्यक्ष माननीय न्यायाधीश श्री श्रीकान्त पौडेल, सदस्य माननीय न्यायाधीश श्री यमुना भट्टराई र सदस्य माननीय न्यायाधीश श्री बलभद्र बास्तोलाको संयुक्त इजलासले राजनारायण पाठक संगै भक्तपुरको चांगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका संचालक लम्बोदर कुमार न्यौपाने समेत घुष लिने दिने उद्योगमा दोषी ठहर हुने फैसला सुनाएको हो ।
जस अन्तर्गत जनही ३/३ वर्ष कैद तथा ३९/३९ लाख जरिवाना असुल गर्न इजलासले आदेश दिएको छ। र पाठकलाई थप ३ महिना कैद गर्न समेत इजलासले आदेश गरेको छ।
नेपाल इन्जिनियरिंग कलेजको विवाद मिलाइदिने भन्दै कलेजका संचालक न्यौपानेले दिएको रु. ७८ लाख घुस पाठकले लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाठक र न्यौपाने विरुद्ध ७८-७८ लागको बिगो दाबिसहित विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको थियो।
अदालतले भने घुस लिने दिने उद्योग गरेको कसुर स्थापित गर्दै उपरोक्त फैसला सुनाएको हो।
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...