सत्ता बांडफांड प्याकेजमा, मै प्रधानमन्त्री बन्नुपर्छ भनेको छैन : प्रचण्ड

2022-12-19

काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न सबै कुरा दाउमा लगाउने काम आफूले नगरेको दावी गरेका छन्। चितवन पुगेका प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति,सभामुख,उपराष्ट्रपति लगायतका पदहरुमा प्याकेजमा सहमति गर्ने दावी गरे।

‘राष्ट्रपतिले सात दिनको समय दिनुभएको छ। हामी गठबन्धन छलफल गरिरहेका छौं,’ उनले भने, ‘गठकन्धनभित्र सजिलै निर्णय हुन्छ।’ उनले गठबन्धनभित्र सामूहिक निर्णय गरिने उनले दावी गरे। उनले आफूले कतै पनि प्रधानमन्त्री आफू नै हुनुपर्ने दावी नगरेको टिप्पणी गरेका छन्।

देशको नेतृत्व लिने अवसर पाए गर्छु भनेको भन्दै उनले बाहिर प्रचारमा आएजसरी नबोलेको दावी गरे। सरकार गठनका लागि सबै दलहरुसँग कुरा भइरहेको भन्दै उनले साना दलदेखि स्वतन्त्रहरुसँग पनि कुरा भइरहेको बताए। उनले एमालेसँग माओवादीसहित सबै दल छलफलमा रहेकाले माअ‍ोवादी नजिक भएको भन्न नमिल्ने टिप्पणी गरे।

‘प्रधानमन्त्रीका लागि सबै कुरा दाउमा लगाउने काम कहिल्यै पनि गरेको छैन,' उनले भने, ‘निर्वाचन, संविधान र अन्यका लागि धेरै नेतालाई प्रधानमन्त्री प्रस्ताव गरेको छु।'




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ