2022-12-19 |
अर्जेन्टिनाका विश्वकप विजेता कप्तान लियोनेल मेस्सीले खेलकुदको सबैभन्दा ठूलो पुरस्कार जित्ने आफ्नो जीवनकालको महत्वाकांक्षालाई महसुस गरेपनि आफ्नो देशका लागि खेलिरहन जारी राख्ने बाचा गरेका छन् ।
आइतबार कतारमा भएको विश्वकपको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेपछि अर्जेन्टिनाको टेलिभिजनमा ३५ वर्षीय खेलाडीले भने, ‘म विश्व च्याम्पियनका रूपमा अझै केही खेलहरू अनुभव गरिरहन चाहन्छु ।’
‘मेरो करियरमा हरेक उपाधि जित्न पाउँदा म भाग्यमानी थिएँ, यसैको मात्रै अभाव थियो । म यसलाई त्यहाँ (अर्जेन्टिना) मा लैजान चाहन्छु र सबैसँग यसको खुसी बाँड्न चाहन्छु,’ उनले भने ।
मेस्सीले २३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए भने अतिरिक्त समयमा पनि १०८ औं मिनेटमा ३–२ को अग्रता लिएका थिए ।
फ्रान्सेली स्टार स्ट्राइकर केलियन एमबाप्पेले विश्वकपको फाइनलमा ह्याट्रिक गरे पनि हार बेहोरे । साविक विजेता फ्रान्स आइतबार अर्जेन्टिनासँग पराजित भयो । फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँ ...
किलियान एम्बाप्पे विश्वकपको फाइनलमा चार गोल गर्ने पहिलो खेलाडी बनेका छन् । आइतबार राति अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गर्दै उनले विश्वकपको फाइनलमा आफ्नो गोल संख्या चार पुर्याएका ...
विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले गोल्डन बलको अवार्ड हात पारेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै उनले यो अवार्ड हात पारेका हुन् । मेस्सीले यो ...