2022-12-19 |
विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले गोल्डन बलको अवार्ड हात पारेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै उनले यो अवार्ड हात पारेका हुन् । मेस्सीले यो अवार्ड जितेको दोस्रो अवसर हो । सन् २०१४ को विश्वकपमा अर्जेन्टिना उपविजेता बन्दा पनि मेस्सीले यो अवार्ड जितेका थिए ।
विश्वकपमा आठ गोल गर्दै किलियान एम्बाप्पेले गोल्डन बुट जितेका छन् । फाइनल खेलमा उनले ह्याट्रिक समेत गरेका थिए । उत्कृष्ट गोलकिपरलाई दिइने गोल्डन ग्लोबको उपाधि अर्जेन्टिनाका एमी मार्टिनेजले जिते । उनले फाइनलमा फ्रान्सका दुईवटा पेनाल्टी रोक्नुका साथै खेलअवधिमा फ्रान्सका थुप्रै प्रयास विफल बनाएका थिए ।
फ्रान्सेली स्टार स्ट्राइकर केलियन एमबाप्पेले विश्वकपको फाइनलमा ह्याट्रिक गरे पनि हार बेहोरे । साविक विजेता फ्रान्स आइतबार अर्जेन्टिनासँग पराजित भयो । फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँ ...
अर्जेन्टिनाका विश्वकप विजेता कप्तान लियोनेल मेस्सीले खेलकुदको सबैभन्दा ठूलो पुरस्कार जित्ने आफ्नो जीवनकालको महत्वाकांक्षालाई महसुस गरेपनि आफ्नो देशका लागि खेलिरहन जारी राख्ने बाचा गरेका छन् ...
किलियान एम्बाप्पे विश्वकपको फाइनलमा चार गोल गर्ने पहिलो खेलाडी बनेका छन् । आइतबार राति अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गर्दै उनले विश्वकपको फाइनलमा आफ्नो गोल संख्या चार पुर्याएका ...