हेरिसबर्गमा ग्रान्ड ल्होछारको आयोजना हुने, प्रवेश नि:शुल्क

2022-11-24

अमेरिकाको गुरुङहरुको छाता सङगठन युनाईटेड गुरुङ सोसाईटी अफ अमेरिका (UGSA) ले आयोजना गर्दै आई रहेको ग्राण्ड ल्होछार यसबर्ष पेन्सलभेनियाको राजधानि ऐतिहासिक शहर ह्यारिसबर्ग डिसेम्बर ३०-३१ का दिन हुने भएको छ ।

यसैपनि विदेशी भुमिमा नेपालीहरुको जनसंख्या त्यहाँको स्थानिय भन्दा कम हुने नै भयो त्यस माथि पनि आदिवासी-जनजातिहरु अल्पसङख्यक हुनु कुनै आश्चर्य पक्कै हैन । तर अल्पसङख्यक जनसंख्या माथि धावा बोल्दै धर्म-संस्कार-संस्कृति परिवर्तन गर्न र गराउन उक्साउने हरुको जमात त्यो भन्दा बढि देखिन्छ ।

यस्तो बिषम परिस्थितिमा आफ्ना पुर्खाको त्याग-तपस्या खेर जान नदिन र भबिष्य अन्धकारमय हुन नदिन अमेरिकामा केहि सकृय गैरनाफा मुलक (५०१ सी) समाज मध्य एक हो युनाईटेड गुरुङ सोसाईटी अफ अमेरिका ।

“एकता-पहिचान-निरन्तरता” (Unity-Identity-Continuity) लाई मुलनारा बनाई २०१७ सालमा स्थापित समाजले करिब आधाभन्दा धेरै अमेरिकी राज्य तथा शहर हरुमा आफ्नोशाखा बिस्तार गरिसकेको छ भने स्थापनाकाल देखि नै समाजका बिभिन्न बर्गलाई लक्षित गर्दै साँस्कृतिक, जनचेतना, प्रतियोगिता खोजअनुसन्धान, शिक्षा, स्वास्थ्य जस्ता विविध पक्षामा कार्यक्रम गर्दै आई रहेको छ । जस मध्य एक हो तमु गुरुङहरुको नयाँ वर्ष (पुष १५) अर्थात ल्होछार/ ल्होसार ।

युजिएसएले आफ्नो भाईचारा र नव युवा बालबालिकालाई ऊत्प्रेरणाको लागि आलो पालो गर्दै प्रत्येक बर्ष भिन्दा-भिन्दै शहरमा सम्पुर्ण राज्य-सहरहरु (सामज) एकै ठाऊमा भेला भई मनाउने गर्दछ जस अनुरुप यस बर्ष पेन्सलभेनियाको राजधानी ऐतिहासिक सहर ह्यारिसबर्ग आगामि डिसेम्बर ३०-३१ मा हुने निर्णय भएको समाजका अध्यक्ष प्रदिप गुरुङले जानकारी दिनु भयो । समाजका प्रबक्ता टेक गुरुङले सम्पुर्ण समाजका सदस्य र बिशेष गरि ह्यारिसबर्गस्थित नेपाली भाषी आमा-बुबा, दाजु-भाई, दिदि-बहिनि, ब्यापारि, बुद्दिजिवि, समाजसेवीहरुलाई साथ-सहयोग गर्न अनुरोध गर्दै सबैलाई ऊपस्थित भैदिन हार्दिक निमन्त्रणा गर्नु भएको छ।

यस बर्षको ल्होछार पुर्णतया साँस्कृतिक,मनोरञ्जनात्मक र विविधतामय हुने भएकोले सम्पुर्ण परिवार सहित उपस्थित भै दिन समाजका रोधि अध्यक्ष अगोम गुरुङले जानकारि दिनुभयो । समाजका कार्यक्रम निर्देशक तथा चलचित्र निर्दैशक, तेक्वान्दोका पाँचौ डन-रेफ्रि बहुप्रतिभाशाली ब्यक्तित्व बिकास घले गुरुङका अनुसार डिसेम्बर ३० मा रक्तदान कार्यक्रम, गुरुङ जातिका मैलिक परम्परागत खेल ,रोधि कार्यक्रम, परम्परागत पुरोहित पच्यु-घ्याब्रि द्वारा पुजा-पाठ (ल्हो बिदाई तथा स्वागत), गुरुङ चलचित्र प्रदर्शनी, ल्होसार ईभ काउन्टडाउन रहने छ ।

३१ मा पुर्णतया साँस्कृतिक-मनोरञ्जनात्मक कार्यक्रम, समाजमा विशिष्ट योगदान पुर्याऊने ब्यक्तित्वहरुलाई सम्मान, ऐतिहासिक-साँस्कृतिक बस्तु प्रदर्शनी, मिट एण्ड ग्रिट, युजिएसए दस्ताबेज प्रदर्शनी आदि रहने छ ।

कार्यक्रम Scottish Rite Cathedral 2701 N 3rd Street Harrisburg, Pa 17110 मा हुन गईरहेको छ । सो कार्यक्रममा उपस्थित हुन अनुरोध गर्दै पुरै दिन कार्यक्रम हुने हुँदा प्रवेश निशुल्क रहने र टाढाका अतिथिहरुलाई खानाको समेत ब्यवस्था गरिएको निर्देशक विकास घले गुरुङले जानकारी दिनुभएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ