चुनाबका लागि ७ लाख बढी मतदाताले उपत्यका छाड्ने

2022-11-18

काठमाडौँ - यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार चुनाबको समयमा ७ लाख बढी मतदाताहरूले उपत्यका छाड्ने भएका छन् । निर्वाचनमा भोट हाल्नकै लागि विभिन्न जिल्ला तथा क्षेत्रबाट काठमाडौं आएका मतदाताहरू आ–आफ्नै क्षेत्रमा फर्किनेछन् ।

शुक्रबारसम्ममा करिब ६ लाख यात्रुहरूले उपत्यका छाडेका छन् । दशैं–तिहार लगत्तै निर्वाचनको चहलपहल सुरु भएपनि कात्तिक २५ गतेदेखि मतदाताहरूले उपत्यका छाड्न थालेकोमा मंसिर ३ गतेसम्म यस्तो संख्या ७ लाख पुग्ने देखिएको महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार चुनावकै लागि विभिन्न पार्टीहरूले र व्यक्तिगत खर्चमा समेत गाडी रिजर्भ गरेर मतदाताहरूलाई जिल्ला जिल्लामा र स्थानीय निर्वाचन क्षेत्रमा लैजाने काम भइरहेको छ । जसका कारण पछिल्ला दिनहरुमा सरदर दैनिक सञ्चालन हुने गाडीहरूको तुलनामा ५० प्रतिशत बढीले माग बढेको र साहीअनुसार गाडीहरू सञ्चालन भइरहेको उनले बताए ।

दैनिक ६० हजार यात्रु उपत्यका छाड्दै
उसो त चुनावकै मुखमा दैनिकजसो ६० हजार हारहारीमा यात्रुहरूले सडकमार्ग हुँदै उपत्यका छाडिरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । गत बुधबार एकैदिन ५८ हजार २९४ जना यात्रुहरूले उपत्यका छाडेकोमा बिहीबार ५५ हजार १४७ जना र शुक्रबार मात्र १ लाख हाराहारीमा यात्रुहरूले उपत्यका छाडेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले रातोपाटीलाई जानकारी दिए ।

शनिबार उपत्यका छाड्ने यात्रुहरू थप बढ्न सक्ने ट्राफिक प्रहरीको अनुमान छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ