स्थिर समय : चुनाव प्रचारका पोस्ट लाइक, कमेन्ट र सेयर गर्न नपाइने

2022-11-18

काठमाडौँ, २०७९ मङ्सिर २ - - मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि गए राति १२ बजेदेखि नै स्थिर समय (मौन अवधि) सुरू भइसकेको छ।

यस अवधिमा दल वा उम्मेदवारहरूले चुनावी प्रचारप्रसार गर्न पाउँदैनन्।

निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री फेसबुक, ट्वीटर, युट्युबलगायत सामाजिक सञ्जालमा नराख्न निर्वाचन आयोगले आग्रह पनि गरेको छ।

चुनावी प्रचार सामग्री सामाजिक सञ्जालमा नराख्न र लाइक, कमेन्ट, सेयर, ट्याग वा प्रतिकमेन्टसमेत नगर्न आयोगले प्रयोगकर्ताहरूलाई आग्रह गरेको हो।

आयोगले सामाजिक सञ्जाल तथा अनलाइन सञ्चार माध्यमबाट कुनै पनि राजनीतिक दल वा उम्मेदवारको विज्ञापन पनि गर्न मौन अवधिमा नपाइने भएकोले त्यस्ता सामग्री हटाउन पनि भनेको छ।

निर्वाचनका दिन मतदान केन्द्रका वरपर दल वा उम्मेदवारका चुनाव चिन्ह भएका पोशाक, लोगो, ब्याज, झन्डा, टिसर्ट, टोपी, स्टीकरलगायत प्रयोगमा पनि निषेध गरेको छ।

मौन अवधिमा उम्मेदवारको जन्मदिन परेमा पनि घरबाहिर गएर जन्मदिनका कार्यक्रम नगर्न आयोगले आग्रह गरेको छ।

मंसिर ४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानका लागि समय दिइएको छ।




थप समाचार


कांग्रेसले खोल्यो खाता : मुस्ताङबाट योगेश विजयी

कांग्रेसले खोल्यो खाता : मुस्ताङबाट योगेश विजयी

काठमाडौं - नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनमा मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार २९ वर्षीय योगेश गौचन थकाली विजयी भएका हुन् । यहाँ ...

अब काठमाडौंभित्र बहालमा बस्दा सम्झौता अनिवार्य

अब काठमाडौंभित्र बहालमा बस्दा सम्झौता अनिवार्य

काठमाडौँ - काठमाडौं महानगरको बहाल व्यवस्था कार्यविधि’ को मस्यौदा विधायन समितिमा पठाइएको छ । महानगरकी उपमेयर एवं राजस्व परामर्श समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको ...

८२ लाख ठगेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ

८२ लाख ठगेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ

विराटनगर - मोरङको सुन्दरहरैंचा नगरपालिका–१० मा सुनचाँदी पसल सञ्चालन गरेर बसेका एक दम्पतीलाई ८२ लाख ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत ...




ट्रेन्डिङ