भुकम्प जाने क्रम नरोकिएपछि स्थानीयलाई घर बाहिरै बस्न प्रहरीको माइकिङ

2022-11-13

काठमाडौं - शनिबार बेलुकी बझाङको खप्तडछान्न गाउँपालिका–६ पाटादेवल गाउँ आसपास केन्द्र बनाएर भुकम्प गएपछि प्रहरीले स्थानीयलाई घरबाहिरै बस्न आग्रह गरेको छ।

भूकम्पको धक्काले घरहरु चर्किरहेको र भत्किने जोखिम रहेकाले स्थानीयलाई घर बाहिरै बस्न भनिएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ। पाटादेवल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) रामबहादुर बमले स्थानीयलाई घर बाहिरै बस्न भनेर माइकिङ गर्न थालिएको बताए।

‘गत मंगलबार राति (बुधबार बिहान) आएको भूकम्पले चर्किएका घर शनिबारको भूकम्पले थप चर्किएपछि घरहरु भत्किने जोखिम बढेको छ। यस्तो अवस्थामा घरभित्र बस्नु झन् जोखिमपूर्ण हुने भएकाले बाहिरै बस्न भनेर माइकिङ गर्न थालेका छौं,’ असई बमले भने।

शनिबार बेलुकी ८ बजेर १२ मिनेटतिर पाटादेवल गाउँ आसपास केन्द्र बनाएर गएको ५.४ रेक्टस्केलको भूकम्प गएको थियो। भूकम्पपछि स्थानीयहरु रातभरी घर बाहिरै आगो तापेर बसेका थिए।

यसअघि बुधबार बिहान डोटी जिल्लाअन्तर्गत खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्र बनाएर गएको भूकम्पले डोटीमा ६ जनाको मृत्यु भएको थियो।

बुधबार बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर गएको ६.६ रेक्टरस्केलको भूकम्पको धक्का सुदूरपश्चिमका पहाडी जिल्लासँगै भारतसम्म पनि महसुस भएको थियो।

भूकम्पको धक्काले डोटी र बझाङमा घरहरु चर्किएका थिए। बुधबारको भूकम्पले चर्किएका घरहरु शनिबारको भूकम्पले झन् चर्किँदा जोखिम बढेको हो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ