एमालेबाट कैलाली ५ प्रदेशसभामा बौद्धिक युवा नेता बिनय शाह सिफारिस

2022-09-10

काठमाडौँ - नेकपा एमाले कैलाली क्षेत्र नम्बर ५ प्रदेशसभा २ बाट बौद्धिक युवा नेता बिनय शाह सिफारिस भएका छन् । एमाले क्षेत्रीय कमिटीको बैठकले युवा नेता शाहलाई कैलाली क्षेत्र नम्बर ५ प्रदेशसभा २ बाट सिफारिस गरेको हो ।

राष्टिय युवा संघ सुदूरपश्चिमका संयोजक तथा एमाले कैलाली जिल्ला कमिटी सदस्य समेत रहेका शाह युवा तथा बौद्धिक नेताको रुपमा परिचित छन् । २०६२ सालमा अनेरास्ववियुबाट राजनीति सुरु गरेका शाहले एमालेको राजनीतिमा प्रवेश गरेका हुन् ।

पोखरा विश्वविद्यालयमा इकाइ कमिटीको अध्यक्ष भएको करिब दुई वर्षपछि शाह अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य भएका हुन् । शाहसँग एसियाली विद्यार्थी संघको महासचिव, विश्व प्रजातान्त्रिक युवा संगठनको अन्तर्राष्ट्रिय सम्मेलन आयोजक कमिटी सदस्य र कैलाली जिल्ला सदस्य भएर काम गरेको अनुभव छ ।

मार्क्सवादी दर्शनमा बहस गर्न रुचि राख्ने शाह युवाहरु माझ बौद्धिक नेताको रुपमा परिचित छन्। कम्युनिष्ट राजनीतिमा लाग्ने सबैले यसको अध्ययन गर्न जरुरी रहेको उनि ठान्दछन।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ